लोकेन्द्र प्रशाद जोशी,दार्चुला, (मालिकार्जुन) । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकुमा रहेको पुरातात्विक, प्रचीन, ऐतिहासिक महलको भग्नावशेष पुन. निमार्णको पर्खाइमा रहेको छ ।
मध्यकालीन कत्युरी राजाहरुको राज्य अन्तरगत पर्ने महत्तपुर्ण उक्त महल कुनै कारण भत्किन गइ भग्नाबशेषमा परिणत भएको किम्बदन्ती पाइन्छ । प्रदेश नम्बर ७ मध्ये कै एउटा महलको रुपमा रहेको यो महलको अध्ययन, अन्वेषण, अनुसन्धान र उत्खनन् गर्नसकेमा दार्चुलाकै ऐतिहासिक उपलब्धि हुनुका साथै पर्यटकिय गन्तब्य बन्न सक्ने प्रचुर सम्भावना रहेको छ । उकु क्षेत्रमा ठुलो संख्यामा कलात्मक शिलाहरु छरिएका छन् । देबीदेवताका मूर्तिहरु, आमलक, शिखर गजुरका अर्ध भागहरु, ढुगेंधारा, नाग, बसाह, सिहं, चक्रशिलासहित थरिथरिका आकृतिहरु बिभिन्न शिलामा कुदिएको स्पष्टै देख्न सकिन्छ ।
महाकाली किनारमा अवस्थित ऐतिहासिक उकु कत्युरी राजाहरुको राजधानी भएको इतिहासका जानकारहरु बताउँछन् । महल क्षेत्रमा कोटघर, देबस्थल, दरवारका मजबुद किल्लाहरु, ढुगांमा कुदिएका बिभिन्न भगवानका मुर्तीहरु, विभिन्न काकृतिका ढुगांहरुले मध्यकालका शक्तिशाली कत्युरी राज्य र सभ्यताको हिस्सा भएको यि ऐतिहासिक दस्ताबेजहरुले पृष्टी गरेको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामी बताउँछन । उकुको ऐतिहासिक सम्बन्ध सिमावर्ती भारतको अस्कोट संग रहेको देखीन्छ । अस्कोटको इतिहासअनुसार सन् १२७९ मा अभयपाल रणचुलाहाट स्थित कत्युरी राज्यको राजधानीबाट अस्कोट आएका थिए र अभयपालले वरपरका विभिन्न असी वटा कोटहरुको एकिकरण गरेर अस्कोट नामाङकरण गरेको किम्वदन्ती छ । पाल राजाहरुलाइ रजवार भन्ने गरिन्छ । बाह्र वटा बिभिन्न राजाहरुको प्रमुख राजालाइ रजवार भन्ने गरिन्थ्यो । दार्चुलाकै देथलाको पाल राज्य भन्ने बाह्र राजाहरुमा सम्मेलित थियो भन्ने बुझाइ पाइन्छ ।
प्रमाणिक रुपमा भन्नुपर्दा रजवार भारती पाल उकुका राजा थिए । इतिहास अध्ययनका क्रममा भेटिएका सन् १३९४ र सन् १४२० को ऐतिहासिक ताम्रपत्रले रजबार भारती शासनलाइ प्रमाणीत गरेको गाउँपालिका अध्यक्ष धामीले उकु महलबारे पुरातत्व बिभागमा पठाउँन तयार पारेको एक प्रतिबेदनमा उल्लेख गरिएको छ ।सन् १४२० को सिलोनी ताम्रपत्रले भारती पाललाइ उकुको राजा भएको प्रष्ट पारेको छ । रजवार भारती पाल शाके १३१६ (सन् १३९४) को ताम्रपत्रले नाग मल्ल र बिक्रम पाललाइ पुर्ववर्ती राजा मानेको छ । निरै पालको ऐतिहासिक अभिलेख अनुसार निरै डोटी, डडेल्धुरा, पिथौरागढको डिडिहाट र अल्मोडामा पनि भेटिएको छ । नेपालमा भेटिएको अभिलेख अनुसार निरै पालको राज्यकाल सन् १३५२ देखि सन् १३६२ सम्म थियो । सिरा डिडिहाटमा निरैपालदेबले सन् १३५३ बत्युली ताम्रपत्र भेटिएको छ, र अल्मोडाको पहाडमा निरैपाल लेखिएको सन् १३५४ को ऐतिहासिक ढुगां भेटिएको थियो ।
सबै ऐतिहासिक कालक्रमहरु समान देखिएकाले निरै पालको ऐतिहासिकता र राज्य कालबारे शंका गर्ने ठाउँ नभएको उकुका स्थानिय बुद्धिजिबि भैरबदत्त भट्टको भनाइ छ । नेपाली इतिहासमा भेट्टिने तथ्य अनुसार पाल वा नाग मल्ल निरै पालका पुत्र थिए ।
उकुकोटको खण्डहरमा रहेको हरिहर मन्दिर नाग पालका तीनवटा रानीहरुले निमार्ण गरेको ऐतिहासिक लेखमा उल्लेख गरिएको छ । नाग पालका ती रानीहरुको नाम वेतल्देबी, सोमल्लदेबी र लोमल्लदेबी थियो । नाग पाल राजा भएपछि मल्ल बनेको इतिहासमा उल्लेख छ । नाग मल्ल डोटीका राजा थिए । र यसको राजधानी हालको डडेल्धुरा जिल्लाको अजयमेरुकोट थियो । नाग मल्लको राज्यकाल लगभग सन् १३८४ देखी सन् १३९३ सम्म रहेको थियो । स्पष्ट तिथिमिति नभएपनि यसलाइ आधारमान्दा उकुको हरीहर मन्दिर नाग मल्लको राज्यकाल भित्र बनेको हुनुपर्छ । अजयमेरुकोटमा भेटिएको राजा नाग मल्ल (पाल) अभिलेख र उकुको सिलालेखमा उल्लेख नाग मल्लको कालक्रममा १५० बर्ष भन्दा बढीको अन्तर देखीन्छ । यी दुबै जना ब्याक्ती एउटै होइनन् भन्ने यसबाट प्रष्ट हुन्छ ।
त्यसैले विभिन्न समयमा निमार्ण भएका यहाँ पाइने ऐतिहासिक संरचना र वस्तुहरुको बिगतको इतिहासमा एउटा गुल्जार नगर भएको बुझाइ अध्यक्ष धामीको छ । कुमाउँमा यस्ता अनगिन्ति पुरातात्विक महत्तका क्षेत्रहरु भेटिएको कारण यो मन्दीर समेत ११ औ सताब्दी तिर निमार्ण भएको आंकलन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
प्राचिन पुरातात्विक महत्वको ऐतिहासिक महलबारे गहन अध्ययन अनुसन्धान, संरक्षण र व्यवस्थापन हुन नसक्दा दिनप्रतिदिन संकटमा पर्दै गएको छ । उकु मन्दिरको पहिलो पटक योगि नरहरी नाथले अध्ययन गरेको कुरा उनको इतिहास प्रकाशमा सन्धि पत्र संग्रह भन्ने पुस्तकमा उल्लेख गरीएको कारण अनुमाग गर्न सकिन्छ । अहिले कलाकृति र शिलालेख संरक्षण अभाबमा मेटिदै जाँदा स्पष्ट पढ्न सकिने अवस्थामा छैन् । नेपाल पुरातत्व विभागका पुरातत्वविद् नबराज अधिकारीले पहिलो पटक २०६३÷०६४ मा दार्चुलाको स्थलगत अध्ययन गर्दा बोहोरीगाउँको देवल मन्दीरको भग्नाबशेष, खरकडाको देवल र सिलालेख र उकु दरवारका बिषयमा अध्ययन गरेपश्चात उकु मन्दीरको भग्नावशेषलाइ क बर्गको साइटमा उल्लेख गरीएको पाइन्छ ।
महाकाली नदीको तटदेखि उकु गाउँको शिरानसम्म छरिएका प्राचिन, आकर्षक बस्तुहरुको अभिलेखीकरण गर्नु अपरीहार्य रहेको गाउँपालिका अध्यक्ष धामीको भनाइ छ । कलात्मक शिलाको आकृति÷प्रकृति अनुरुप बिभिन्न समूहमा बर्गीकरण गरी सबै सामाग्रतिको फोटोग्राफीसहित बिस्तृत अभिलेख राख्नुपर्ने टड्कारो आबश्यकता रहेको कारण यसै बर्ष भग्नावशेषहरु संकलन गरेर ट्रस्टमा राख्ने गाउँपालिकाको योजना रहेको उहाँको भनाइ छ । बिस्तृत अध्ययनपछि ड्रइङ डिजाइन बनाइ सुर्खेतको काक्रेबिहार जस्तै एउटा मन्दिरको स्वरुप दिनसकिने सम्भावना प्रशस्तै भएकोले पुरातत्व विभागको ध्यान पुग्नु जरुरी रहेको उहाँको माग छ ।
अहिलेसम्मपनि उकु क्षेत्रको आशिंक मूर्तिकला भएको बाहेक थप नयाँ कुरा प्रकासमा आउन सकेको छैन । उत्तराखन्डका केहि स्मारक क्षेत्रहरुको तुलनात्मक अध्ययन गरेर ऐतिहासीक तथ्यहरु खे िजगर्न सकिने जानकारहरु बताउँछन् । यस पुरातात्विक मन्दिरको अध्ययन, अनुसन्धान र पुर्ननिमार्णका लागि गाउँपालिका, प्रदेश र संघिय सरकारको आर्थीक भौतिक सहयोग आबश्यक रहेको छ । पुरातत्व बिभागले प्रार्थमिकताका साथ आफ्नो अध्ययन, अनुसन्धान, उत्खनन् र पुर्ननिमार्ण योजना भित्र राखेर तत्काल काम थाल्न सके धार्मीक ऐतिहासिक मात्रै नभइ पर्यटकिय क्षेत्रको बिसाल सम्भाबनाको ढोकालाइ खोल्नेमा कुनै दुइमत हुदैन् । महलको संरक्षण गर्न सकिए आन्तरिक र बाह्य पर्यटक प्रशस्त मात्रामा भित्रिने अपार सम्भावना रहेको छ ।