Logo
|| July 2, 2018


Nic

पूरा हुन्छ प्रधानमन्त्री ओलीको पानी जहाज सपना : पी लामा

काठमाडौँ । प्रबुद्ध व्यक्ति समूह (ईपीजी) सदस्य प्राध्यापक महेन्द्र पी लामाले प्रधानमन्त्री केपी ओलीले देखाएको पानी जहाजको सपना पूरा हुने दाबी गर्नुभएको छ । जनता टेलिभिजनको कार्यक्रम द भ्यूमा नेपाल–भारत सम्बन्धबारे कुराकानी गर्दै प्राध्यापक लामाले नेपाल भारत जल यातायातका लागि भारत पनि सकारात्मक देखिएकाले अहिले नै पानी जहाज र रेलको विषयलाई लिएर गलत टिप्पणी गर्न नहुुने बताउनुभयो ।

सपना देख्नु गलत नभएको र सपना देख्नेले नै त्यो पूरा गर्न लाग्ने भएकाले प्रधानमन्त्री ओलीको सपना गलत नभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “विज्ञानको क्षेत्र होस् टेक्नोलोजिको क्षेत्रमा होस् शुरुवात त कल्पनाबाटै हुन्छ सपनाबाट नै हुन्छ । सपना देख्न र कल्पना गर्नमा कसैबाट ऋण लिन पनि पर्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ सपना नै आनन्दको आत्मा हो । कल्पना गर्ने मान्छे सपना देख्ने मान्छेले नै ठूलो काम गर्छ । सपना देख्नु गलत होइन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सपना बाँढ्नुहुन्छ म मेरो देशका लागि यो गर्छु भन्नुहुन्छ नेपालका प्रधानमन्त्री ओलीले पनि त्यही गर्नुभएको छ ।”

नेपाल भारत दुबै राष्ट्रले सही ढङ्गले प्रक्रिया अगाडि बढाउने हो भने त्यो सपना साकार हुने बताउनुभयो । भारत पनि सकारात्मक भएकाले पानी जल यातायातको सपना पूरा भएरै छाड्ने दाबी गर्नुभयो ।

नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धि–सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को बैठक पनि सकारात्मक र उपलब्धी मूलक भएको बताउनुभयो ।

पूरा भिडियो अन्तरवार्ता

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…