[caption id="attachment_46525" align="alignleft" width="160"]
तीर्थ न्यौपाने[/caption]
लोकतान्त्रिक व्यवस्थामा आफ्नो ठाउँमा भएको समस्या जनप्रतिनिधिले तत्कालै उठाएर सम्बन्धित निकायको ध्यान केन्द्रित गर्छन् । जनताका समस्या र सरोकारसँग गाँसिएका बिषय उठाउनकै लागि संसदको व्यवस्था गरिएको हो । नेपालमा पनि त्यही परिकल्पनासहित संसदकाे व्यवस्था छ । संघीय गणतन्त्र स्थापनापछि मुलुकमा प्रदेश र संघ गरी २ प्रकारको संसद व्इवस्था गरिएको छ । संघमा पनि राष्ट्रियसभा र प्रतिनिधिसभा गरी दुई प्रकार संसद छ । यी दुबै सदन मुलुकको विकास तथा समृद्धि र बासिन्दाको समस्या बारे छलफल गरेर त्यसको समाधान निकाल्नकै लागि बनाइएको हो ।
विश्वको अन्य विकसित तथा विकासन्मुख राष्ट्रको संसदमा मुलुकमा भएको घटना तत्कालै उठाएको देखिन्छ तर हाम्रो मुलुकमा भने सांसदहरुले तत्कालीन र जनताको प्रत्यक्ष सरोकारसँग गाँसिएको भन्दा अन्य बिषय संसदमा उठाउँदै आएका छन् । आइतबार र सोमबार भएको अविरल वर्षाले मुलुकका अधिकाँश ठाउँमा जीउधनको क्षति पुर्याउँदा साँसदहरुले त्यसलाई नउठाएर डा गोविन्द के.सी बारे मात्र ध्यान दिनुले त्यसको पुष्टि गरेको छ ।
केही दिन यताको अविरल वर्षाले तराईको अधिकाँश भूभाग जलमग्न भएको छ । नेपालगंज, नवलपरासी, सिरहा, बिरंगज, सुनसरी डुबानमा परेको छ । चितवनको माडीमा पुल भत्किएको छ । पहाडको केही ठाउँमा पहिरोले जीउधनको क्षति पुर्याएको छ । तर प्रतिनिधिसभा बैठकमा प्रतिपक्ष साँसदहरुले त्यसबारे केही बोलेनन् । साँसदहरु बाढी पहिरो र त्यसबाट भएको क्षति बारे बेखर भएका पनि होइनन् । प्रायः सबै साँसदका खल्तीमा महंगा मोबाइल छन् । उनीहरुले प्रविधिको भरपुर उपभोग गर्दै आएका छन् । तर पनि उनीहरुले संसदमा किन बासी एजेण्डामा बुर्कुसी मारिरहन्छन् ? बुझिनसक्नु भएको छ ।
भनिन्छ प्रमुख प्रतिपक्ष संसदको गहना हो । मुलुकको विभिन्न ठाउँमा उत्पन्न भएको समस्या सत्ता पक्षले कहिले काही नसुने झै गर्छ, त्यस्तो बेला त्यसलाई प्रतिपक्षले जोडदार रुपमा संसदमा उठाउनु पर्छ, तर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका साँसदहरु अहिले त्यसमा चुकेका छन् ।
मुलुक डुबानमा परिरहेको बेला, आफ्नै निर्वाचन क्षेत्रमा बाढी र पहिरोले जीउधनको क्षति पुर्यारहेको बेला प्रतिपक्ष साँसदहरुले संसदमा सोमबार त्यसलाई नउठाएर डा. के.सीकै ऐजेण्डामा बुर्कुसी मारिरहे ।
यसअघि संसदमा समसामयिक बिषमा बाेल्ने नेपाली कांग्रेसका युवा सांसद गगन थापाले बाढी, पहिराे र डुबान बारे एक शब्द पनि बाेलेनन, उनी डा के. सीकाे माग बारे कुर्लिए । काँग्रेसकै अर्का साँसद दिलेन्द्रप्रसाद बडु डा. केसी प्रकरणमै रुमलिए । आफ्नो निर्वाचन क्षेत्रमा बासिन्दालाई बाढी पहिरोले पिरोले पनि उनले त्यसप्रति केही बोलेनन । सरकारले डा. केसीको मागप्रति सहमत नभएको भन्दै उनले आक्रोस व्यक्त गरे । काँग्रेसकै अर्का सांसद पुष्पा भुसालले बाढी पहिरोप्रति एक शब्द पनि उच्चारण नगरी राष्ट्रिय अन्तराष्ट्रिय मानवअधिकार सम्बन्धी बिषय उठाइन् ।
संसदमा यसअघि तत्कालीन बिषय उठाइँदै आएका नेपाल मजदुर किसान पार्टी सांसद प्रेम सुवालले माइतीघर मण्डलालाई विरोध प्रर्दशनमा रोक लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए । सप्तरी डुबानमा परिरहँदा त्यहीका सांसद तेजुलाल चौधरीले भने त्यस बारेमा केही नबोलेनन्, उनले अाफ्नाे जिल्लामा वडाअध्यक्षको मिलेमतोमा विदेशीलाई नेपाली नागरिकता दिइएको बिषय उठाए, त्यस्तो कार्यमा संग्लनलाई कारवाही गर्न माग गरे ।
प्रमुख प्रतिपक्ष सांसदहरुले बाढी पहिरोको बिषय नउठाए पनि सत्ता पक्षकै केही साासदहरुले भने त्यस बारेमा बोलेका छन् तनहुँका केदार सिग्देलले भिमादन नगरपालिका वडा नम्बर ६ र शुक्ला गण्डकी नगरपालिका वडा नम्बर ४ को भिमाद बजार र पुलचोक बस्तीलाई सेती नदीको कटानले जोखिम बनाएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
सांसद पवित्रा निरौला खरेल बर्षासंगै झापा क्षेत्र नम्बर २ दुर्गापुर–दैझोडा– खुदुनबारी बीचमा पर्ने कजवे भत्किएको र बस्ती डुबानमा परेको ध्यानाकर्षण गराइन । सांसद पूर्णकुमारी सुवेदी र पार्वर्ती कुमारी बिशुंन्केले पनि डुबान समस्या उठाइन् ।
मुलुक बाढी पहिरोको चपेडामा पर्दा, अनि बासिन्दा त्यही पीडामा छट्पट्टिइरहँदा सदनमा त्यसले खास्सै प्राथमिकता पाएन, जनताको घरघरमा बाढी पस्यो तर ससदमा भने डा गोविन्द के.सी । त्यो बाढी पहिरो पीडितहरुको लागि मात्र होइन, मुलुककै लागि दुखद् पक्ष हो ।