Logo
|| July 8, 2018


Nic

प्रेमीसँग मिलेर भासुको भीरमा श्रीमानकाे हत्या (भिडियाे)

काठमाडाैँ । कञ्चनपुरको पुनर्वास नगरपालिकाका – २ की लक्ष्मी बडेलाले प्रेमीसँग मिलेर श्रीमान् तेजबहादुर बिष्टकाे हत्या गरेकी छन्। उनले प्रेमी दिपक खत्रीसँगको मिलेमतोमा भीमदत्त पन्त राजमार्ग अन्तर्गत भासुको भीरमा मोटरसाइकलसहित उनलाई लडाएर हत्या गरेको अनुसन्धानबाट खुलेकाे छ ।

झुक्याएर विष्टलाई उनकी श्रीमती लक्ष्मीले भासुको भीरमा लगेर मोटरसाइकल सहित भीरबाट खसालेको प्रहरीले जनाएको छ । ८ गतेदेखि सम्पर्कविहिन भएको भनेर प्रहरी समक्ष उजुरी आएपछि उनको खोजीको क्रममा उनकी श्रीमती लक्ष्मी र लामो समयदेखि उनीसँग प्रेम सम्बन्धमा रहेका दिपक खत्रीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गर्दा भासुको भीरमा खसालेर हत्या गरेको खुलासा भएको हो। उनको बयानमा आधारमा भीरमा गएर खोज्दा भट्टको लास फेला परेको र उनले प्रयोग गर्ने म २ प ६४७७ नम्बरको मोटरसाइकल फेला परेको थियाे ।

भट्ट र लक्ष्मी गत वैशाख १६ गते वैवाहिक बन्धनमा वाँधिएका थिए। लक्ष्मीसँगको प्रेम सम्बन्धमा रहेका दिपकसँग विवाह गर्ने प्रस्ताव अस्वीकार गरी भट्टसँग परिवारले मागी विवाह गरिदिएका थिए। जसरी पनिसँगै बाँच्ने कसम खाएका लक्ष्मी र दिपकले योजना बनाएर हत्या गरेको प्रारम्भिक अनुसन्धानवाट खुलेको उनले बताए।

गोदावरी नगरपालिका –११ वोलानीमा रहेको ससुराली घरमा बिष्ट श्रीमतीसहित गएका थिए। असार ८ गते साँझ विष्ट त्यहाँबाट निस्केपछि वेपत्ता भएका थिए।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…