Logo
|| July 11, 2018


Nic

समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमा युवा लाग्नुपर्छः मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको सीप, ज्ञान र क्षमतालाई सरकारले उपयोग गर्ने बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्ले बुधबार आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उहाँले भन्नुभयो, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने छ ।”

मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने छ भन्नुभयो ।

“आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्नका लागि सम्बन्धीत पक्षलाई आग्रह गर्दै उहाँले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्कने वातावरण बनाउने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री विष्टले सरकारले शुरु गरेको समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानलाई सफल बनाउनका लागि वैदेशिक रोजगारमा रहेका युवालाईसमेत आबद्ध गरिने बताउँदै विदेशवाट फर्किएका युवालाई श्रम राजदूतका रुपमा सरकारले परिचालन गर्ने धारणा व्यक्त गर्नुभयो ।

वैदेशिक रोजगारमा देखिएका समस्यालाई केही दिनमा नै सुधार गर्ने बताउँदै उहाँले अब केही वर्षभित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइनेछ भन्नुभयो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत्बहादुर विश्वकर्माले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई पूरा गर्ने अभिभरा युवाको काँधमा रहेको बताउनुभयो ।

“सरकार मुलुकलाई समृद्ध बनाउनका लागि दक्ष, सीप र ज्ञान भएका युवालाई अभियानमा कसरी सहभागी गराउने भन्नेमा छलफल चलाइरहेको छ”, उहाँले भन्नुभयो, “युुवालाई उद्यमशीलता, स्वावलम्बी र स्वरोजगार बनाउने हाम्रो योजना छ ।”

मन्त्री विश्वकर्माले हाम्रो सामाजिक वातावरणले युवालाई वैदेशिक रोजगारमा जान बाध्य तुल्याएको छ, भन्दै अब विदेश नभई स्वदेशमा नै आफ्नो श्रम लगाएर देश विकासमा युवा लाग्नुपर्नेमा जोड दिनुभयो ।

युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विष्णुप्रसाद गौतमले युवालाई स्वरोजगार बनाउनका लागि न्यूनतम ब्याजमा ऋण प्रवाह गरिएको जानकारी दिनुभयो । सम्मेलनमा वैदेशिक रोजगारबाट फर्किएका युवा उत्तम अधिकारीले सरकारले लगानीको सुनिश्चिताको वातावरण बनाए आफूहरु कृषि, पर्यटन, जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…