Logo
|| July 11, 2018


Nic

सरकारद्धारा स्रष्टालाई सम्मान

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कार पाँच विधाका ५ जना स्रष्टालाई प्रदान गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले यस वर्षको राष्ट्रिय प्रतिभा पुरस्कारबाट संस्कृति विधाका प्रा. डा. रञ्जना बज्राचार्य, संगीत तथा नाटय विधाका प्रचण्ड मल्ल, ललितकला विधाका ठाकुरप्रसाद मैनाली र भाषा तथा साहित्य विधाका प्रा. डा. केशवप्रसाद उपाध्यायलाई सम्मान गरेको हो ।

बुधबार काठमाडौंमा एक कार्यक्रममा बीच प्रधानमन्त्री केपी शर्मा ओलीले नगद एक लाखसहितको राष्ट्रिय प्रतिभा पुरस्कारबाट उहाँहरुलाई सम्मान गर्नु भयो । त्यसैगरी सरकारले यस वर्षको महाकवि लक्ष्मीप्रसाद देवकोटा राष्ट्रिय पुरस्कार पनि पाँच विधाका पाँच जना स्रष्टालाई प्रदान गरेको छ । कविता विधाका कञ्चन पुडासैनी, निबन्ध विधामा तेजराज खतिवडा, भाषा साहित्यमा महेश्वरराय जलेश्वर, बाल साहित्यमा विनय कसजु, आख्यान विधामा प्रा. डा. अभि सुवेदीलाई एक लाख नगदसहित सम्मान गरिएको हो ।

यस वर्षबाट सरकारले सुरु गरेको गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार प्रा. डा. मोहन हिमांशु थापा र नरेश शाक्यलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी पनि नगद एक लाख रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले दलितमुक्ति आन्दोलनको क्षेत्रबाट योगदान दिनु भएका पदमलाल विश्वकर्मा, समाज सुधारमा क्षेत्रमामा योगदान दिनु भएका दलबीर विश्वकर्मा, लेखन तथा अनुसन्धानको क्षेत्रमा योगदान दिनु भएका राजेन्द्र महर्जनलाई पनि एक लाख नगदसहित सम्मान गर्नु भएको छ । सम्मान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सबै भाषा, संस्कृतिलाई एकतावद्ध बनाएर मुलुकलाई अघि बढाउन चाहेको स्पष्ट पार्नुभयो । त्यस अवसरमा उहाँले सरकारले युवालाई प्रोत्साहन र पाकालाई सम्मानको नीति लिएको पनि स्मरण गराउनु भयो ।

प्रधानमन्त्री ओलीले २०५१ सालमा आफू पहिलो पटक गृहमन्त्री हुँदा सुरु गरिएको स्रष्टा सम्मान कार्यक्रमलाई विस्तार गर्दै लैजाने अवसर मिलेको भन्दै खुशी पनि व्यक्त गर्नु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मसालका तीन दर्जनबढी राँको ब्यारेकमाथिको अग्लो भागमा राखेर ठिक पछाडिबाट माओवादी सेनाले सरकारी फौजमाथि बमबारी गरे । सरकारी फौज राँको…

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेष – काममा स्फूर्ति बढ्नेछ , रमाइलोमा दिन बित्नेछ । वृष – खानपिनमा मस्त भइनेछ , धनको सहयोग पाइनेछ । मिथुन–…

सनिउल्ला धोबी कपिलवस्तु । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भुमीहिनले छिट्टै लालपुर्जा पाउने बताउनु भएको छ…

नारायण थापा भक्तपुर । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारको एक बर्षको उपलब्धी शुन्य भएको बताउनुभएको छ । नेपाली…

अनु आचार्य रसुवा । प्रहरीले चेकजाँच गर्दा एक व्यक्तिको जीउमै आधाकिलो सुन भेटिएको छ ।  गोसाइकुण्ड गाउँपालिका १ थुमनका दावा छिरिङ…