अनिल तिवारीबारा । बाराको प्रसौनी गाउँपालिकाले छोरीको जन्मदर्तासँगै उसको नाममा दशहजार रकमसहित २० बर्षे मुद्दती खाता खोल्ने भएको छ । प्रदेश सरकारले अघि सारेको “बेटी बचाउ बेटी पढाउ” अभियानलाई प्रभावकारी बनाउन गाउँपालिकाले छोरीको नाममा खाता खोलिदिने निर्णय गरेको हो ।
श्रावण १ गतेबाट लागूहुने गरी असार ८ गते बसेको दोस्रो गाउँसभाबाट यस्तो निर्णय भएको हो । ‘छोरीहरुको शिक्षाको ग्यारेण्टी, विवाहवारी २० बर्ष पारी’ भन्ने सन्देश दिन समेत छोरी विशेष कार्यक्रम शुरु गरेको गाउँपालिका अध्यक्ष भोला प्रसाद गुप्ताले बताउनुभएको छ । गुप्ताकाका अनुसार प्रसौनी गाउँपालिकामा ०७५ साउन १ गतेबाट जन्मने छोरीले यस्तो सुविधा पाउने छन् । त्यसका लागि ३५ दिन भित्र जन्मदर्ता गराउनु पर्नेछ ।
जन्मदर्ताको प्रमाणका अधारमा गाउँपालिकाले तोकेको रकम छोरीको नाममा खोलिएको खातामा जम्मा गरिदिने छ । यसरी जम्मा भएको रकम लिन ती छोरी प्लस टू पास गरी २० बर्ष पुगेकी हुनुपर्ने प्रसौनी गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी दिनुभयो । गुप्ताका अनुसार तराईमा छोरीलाई बोझका रुपमा हर्ने गरिन्छ । छोरीको विवाह गर्न ठुलो खर्चको आवश्यक पर्ने गर्दछ ।
उसको शिक्षादिक्षामा भन्दापनि सानै उमेरमा विवाह गरिदिने गरिन्छ । यी विषयलाई ध्यानमा राखेर छोरी विशेष कार्यक्रम ल्याएका हौं । उहाँले शिक्षीत समाज भएसँगै दाईजो प्रथामा समेत कमि आउने भएकोले यो अभियान संचालन गरेको बताउनुभयो । यता समाजमा जडो गाडेर रहेको दाईजो प्रथाका कारण छोरीलाई आर्थिक भारको रुपमा लिने अभिभावकको मनोभावनामा समेत परिवर्तन आउने स्थानीयहरुले बताएका छन् ।
छोरीलाईपनि शिक्षा दिनुपर्छ भन्ने सोचबाट ल्याइएको यो योजनाले समाजमा व्याप्त रहेको बालविवाह, अशिक्षा जस्ता कुरितीको अन्त्य गर्ने भएकोले यो योजना राम्रो भएको स्थानीयहरुको भनाई छ । दलितका साथै पिछडिएका समुदायको बाहुल्य भएको यस गाउँपालिकामा क्षमता र सीप विकासका तालिम सञ्चालन गरेपनि छोरीलाई विद्यालयसम्म पु¥याउन र बालविवाह रोक्न यो योजना ल्याएको कार्यलयले जनाएको छ ।
गाउँपालिकाले श्रावणबाटै बर्थिङ्ग सेन्टरमा गर्भ जाँच गराउन आउंने महिलालाई दुई पोका आयोडिन यूक्त नुन निःशुल्क प्रदान गर्ने र सुत्केरी गराउँदा सुत्केरीले एकहजार सुत्केरी खर्च पाउने छन् । तराईमा जिल्लामा सरकारले सरकारी अस्पतालमा सुत्केरी गराउंदा पाँचसय रुपैयाँ दिने गरेको छ ।