काठमाडौं । नेपाल आयल निगमले चुक्ता पुँजी ११ अर्ब रुपैयाँ र्पुयाउने भएको छ । हाल निगमको चुक्ता पुँजी २९ करोड रुपैयाँ छ ।
निगमले हाल कायम रहेको सञ्चित मुनाफाबाट बोनस सेयर जारी गरी चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरेको छ । निगमले जारी गर्न लागेको शेयर हाल निगममा सेयर हिस्सा रहेका संस्थागत सदस्यले मात्र पाउनेछन् ।
हाल निगममा ९९ प्रतिशत सेयर नेपाल सरकारको छ। जसमा अर्थ मन्त्रालयको ७३ दशमलब ४१ प्रतिशत, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको २० दशमलब ३,२ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ५ दशमलब ७,३ प्रतिशत सेयर हिस्सा रहेको छ ।
त्यस्तै, नेसनल ट्रेडिङ लिमिटेडको शुन्य दशमलब २,६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको शुन्य दशमलब १,५, नेपाल बैंक लिमिटेडको शुन्य दशमलब शुन्य,८ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शुन्य दशमलब शुन्य ,५ प्रतिशत सेयर हिस्सा छ ।
आर्थिक वर्ष (आव) २०७३÷७४ सम्ममा निगमको सञ्चित मुनाफा १० अर्ब ८८ करोड रुपैयाँ छ । यही सञ्चित मुनाफाबाट १० अर्ब ७१ करोड रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने निगमले जनाएको छ ।