चोरी गरी भाग्दा लडेर मृत्यु

सन्देश पौडेल

लमजुङ । लमजुङमा गए राती चोरी गरेर भाग्ने दुई जनाको भिरबाट लडेर मृत्यु भएको छ । क्व्होलासोंथर गाउँपालिका–९ गिलुङको एक पसलबाट चोरी गरी भाग्ने क्रममा मध्य नेपाल–नगरालिका–८ करापुको भिरबाट खसेर दुई जनाको मृत्यु भएको हो ।

प्रहरी इन्स्पेक्टर राजेन्द्र अधिकारीका अनुसार चोरी पसल चोरी गरी भाग्ने चार जना मध्ये एक जना प्रहरी नियन्त्रणमा छन् भने एक जना फरार रहेका छन् ।

मृत्यु हुनेमा पर्वत घर भई हाल कास्कीका करिब २२ वर्षीय चन्दन सुनार रहेका छन् भने अर्का मृतक युवकको नाम राम भनिए पनि थर र ठेगाना यकिन हुन सकेको छैन ।

चारजनाले बाकस चोरी गरी भागेकोमा दुई जना भिरबाट करिब २ सय मिटर तल खसेर खसेपछि मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रहरीले चोरीमा संलग्न गिलुङकै ३० वर्षीय बुद्धिबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ । गुरुङलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

चोरीको घटना बिहीबार राति भए पनि उनीहरूको शव शुक्रवार मात्रै फेला परेको प्रहरीले बताएको छ । मृतक दुवैजनाको शव र नियन्त्रणमा रहेका गुरुङलाई बेंसीसहर ल्याएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिएका गुरुङले मृतक दुवै जना पोखरामा बस्ने बताएका हुन् । उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । भ्यालेनटाइन डे अर्थात् प्रणय दिवशकै दिन लोकप्रिय गायक सत्यराज आचार्यको ‘सारा फूल’ बोलको गजल सार्वजनिक भएको छ ।…

सांकेतिक तस्बिर एजेन्सी । भनिन्छ पैसा भएपछि आमा र बाबुबाहेक सबै कुरा किन्न सकिन्छ । सुन्दा अनौठो लागेपनि एक किसिमले…

काठमाडौं । भृकुटीमण्डपस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको भातृ संगठन अनेरास्ववियू र कांग्रेस…

सप्तरी । बोदे बरसाईन नगरपालिका वडा नम्वर ५ स्थित जाँजरमा आयोजना गरिएको इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’मा सहभागी खचाखच छन् ।…

कैलाली । सुदूरपश्चिमको कला र संस्कृति प्रवर्द्धन गर्न धनगढीमा विश्व साहित्य सम्मेलन  र  महोत्सव हुने भएको छ ।  होटल व्यवसायी…

काठमाडौं । ललितपुर महानगरपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ  ।  महानगरले पूर्वमेयर बेखारत्न शाक्यको निधनमा शोक बिदा दिएको हो…