मोदीकाे अधुरो चाहना पूरा हुँदै

रामजीप्रसाद लम्साल

कास्की । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरा घुम्ने अधुरो चाहाना पूरा गर्ने भएका छन् । चौथो पटक नेपाल आउन लागेका प्रधानमन्त्री मोदीले तेस्रो पटक आउँदा पूरा नभएको पोखरा घुम्ने चाहना पूरा गर्न लागेका हुन् ।

भदौ १४ र १५ गते हुने चौथो विमस्टेक बैठकमा भाग लिन आउन लागेका मोदीले दुई दिन नेपालमा रहँदा पोखराको भ्रमण गर्ने भएका हुन् । यसअघि नेपाल भ्रमणका क्रममा जनकपुर र मुक्तिनाथ पुगेका उनी यस पटक पोखरा सहित लुम्बिनी पुग्ने भएका हुन् ।

नेपालस्थित भारतीय दूतावासका अनुसार मोदीको पोखरा भ्रमणको तयारी सुरु भएको छ । यसअघि मुस्ताङको मुक्तिनाथ दर्शन गरेर पोखरा हुँदै लुम्बिनी जाने उनको चाहाना अधुरै रहेको थियो ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय सङ्गठनको चौथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । नेपाल अध्यक्ष रहेको बिमिस्टेकका अन्य सदस्यमा बङ्गलादेश, भारत, म्यानमार, श्रीलेका, थाइल्याण्ड, भुटान छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सरकारले मुलुकभर भएका ग्रामीण स्वास्थ्य स्वंयसेविकाहरुलाई कोरोना भाइरसको उपचार कार्यमा लगाउने भएको छ ।

झापा । झापाको कनकाई नगरपालिका–४ का ५१ वर्षीय ठाकुरसिंह राईको घरमा आइतवार अपरान्ह आगलागी भयो । कनकाई सामुदायिक वनको हाताभित्र…

काठमाडौं ।  नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद पारदर्शी  हुने जनाएकाे छ  । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले स्वास्थ्य सामग्री खरिद पारदर्शी…

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जीवन गुमाउने ४ जना नेपालीको पहिचान खुलेको छ । न्यूयोर्कमा बसोबास गर्दै आएका अजय छोंचन, थोक्मे…

घटना भएको स्थान राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २ सय किलोमिटर टाढाको रहेको जनाइएको छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिल्क लगायत विभिन्न एयरलाइन्सबाट नेपाल आएर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना भाइरसको संक्रमण नदेखिएको…