कविता : ओ प्रिया !

– डा.विजयकुमार पौडेल

कस्तो मेरो एकोहोरो प्रेम !
तिमीले सधैँ बेवास्ता गर्ने,
मैले तिमीलाई सर्वस्व ठान्ने
मलाई तिमी नभै नहुने,
तिमीलाई म नभए पनि हुने !

नबुझ्नेले मलाई ‘सनकी’ भन्न सक्छन्
अन्ध विश्वासी पनि भन्न सक्छन्
तर यो सत्य हो,
म ‘ओह्याँ’ गरेर आमाको पेटबाट धरतीमा झर्नेबित्तिकै
तिमीलाई अथाह मायाँ गर्न थालें,

त्यति मात्रै हैन,
वैज्ञानिक हिसाबले विश्लेषण गर्ने हो भने
साँच्चिकै सत्य केलाउने हो भने
ममा चेतना नहुँदै तिमीप्रति आशक्त भएको हुँ,
पिताको गर्भबाट आमाको गर्भमा पुग्नेबित्तिकै
तिमीबिना बाँच्न नसक्ने भएको हुँ ।

युग बिते तर मेरो मायाँ अटुट छ,
तिमीलाई मायाँ गर्ने पात्र फेरिए,
तर मेरो मायाँ यथावत छ ।

एकजना हो र ?
असंख्य छन् तिमीलाई मायाँ गर्ने,
तिम्रो लागि सबैथोक त्याग्न सक्ने !
कति धेरैलाई वशमा पार्न सकेकी !
कति धेरै रंग–रुप देखाउन सकेकी !
कति धेरै छलछाम गर्न सकेकी !

राजादेखि रंकसम्म
लोभीदेखि दानीसम्म
भोगीदेखि जोगीसम्म
ब्रम्हचारीदेखि गृहस्थसम्म
चरित्रवानदेखि पातकीसम्म
सबै तिम्रो जालमा छन्
सबै तिम्रो ‘काल’मा छन् ।

कति सधैँ परीक्षा लिन्छ्यौ ?
सधैँ कति अविश्वास गर्छ्यौ ?
कहिले सडकमा पछार्छ्यौ,
कहिले भिरबाट खसाल्छ्यौ,
कहिले बगाएर खोलाको तीरमा फाल्छ्यौ,
तर तिमीलाई छोड्न सकिन्न,
तिम्रो माया मार्न सकिन्न ।

देशको सीमाना रक्षा गर्न
अरुलाई मार्न या मर्न
तयार भएर हिँडेको सैनिक होस्
या
क्रान्तिवीर होस् हिँडेको जमाना फेर्न
सबै तिमीलाई उत्तिकै मायाँ गर्छन्
सबै तिमीलाई, मात्र तिमीलाई चाहन्छन् ।

जन्मदिने आमा–बाबाभन्दा पनि प्यारी तिमी
छोराछोरीकी आमाभन्दा पनि प्यारी तिमी
इष्ट–मित्र, साथी–भाइ सबैलाई त्याग्न सकिन्छ
तिम्रो साथ छोड्नै मन लाग्दैन !

सम्झिराख प्रियसी
मेरी प्राणप्यारी,
तिमीलाई त्यसले मात्रै हेला गर्न सक्छ,
जो तिमीबाटै डराएर,
तिमीले सधैँ लिने परीक्षाबाट भागेर
कायर बनेर, आत्महत्या गर्छ !

तिमीलाई छोड्नु भनेको
कालगतिले मर्नु हो
जिन्दगी ओ प्रिया !
नमरिन्जेल तिमीलाई माया गरिरहन्छु !!!

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…