‘पूर्ण रुपमा स्वस्थ भएँ’

राजनीतिमा पहिले जस्तै सक्रिय हुन्छु

कान्ति न्यौपाने

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल चीनबाट उपचार गरी फर्किनुभएको छ । पूर्व प्रधानमन्त्री खनाल मृगौलाको पत्थरी झिक्न र प्याराथाइराइडको उपचार गर्न तीन साताअघि चीन जानुभएको थियो ।

वरिष्ठ नेता खनालको चीनको ‘इन्टरनेशनल हस्पिटल अफ सिचुन प्रोभिन्स’मा प्याराथाइराइड र मृगौलाको स्टोनको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि उहाँ केहीदिन अस्पतालमै आराम गरिरहनु भएको थियो ।

स्वास्थ्य विद्हरूका अनुसार प्याराथाइराइडको शल्यक्रिया अमेरिकामा सबै भन्दा राम्रो मानिन्छ । तर त्यहाँ उपचार अत्याधिक महंगो छ, प्राय: नेताहरूमा महंगो भए पनि विदेशका राम्रो अस्पताल धाउने प्रवृति छ । तर नेता खनाल भने मंहगो तथा राम्रो अस्पतालको मोह नगरी उपचारको लागि चीन जानुभएको हो ।

उपचारपछि सोमबार स्वदेश फिर्नु भएका नेता नेता खनालले देशको र जनताको हितमा सक्रिय हुने बताउनुभयो । ‘अब पूर्ण रुपमा स्वस्थ भएँ’ उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भन्नुभयो, ‘राजनीतिमा मेरो सक्रियता पहिलाको जस्तै हुनेछ ।’ पूर्व प्रधानमन्त्री खनालले त्यहाँ बस्दा चिनियाँ कम्युनिष्ट पार्टीका नेता र मन्त्रीहरुसँग समेत भेटघाट गर्नुभएको थियो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…