Logo माघ १२, २०७७ सोमबार


पर्वतमा बस दुर्घटना

पर्वत । मोदी गाउँपालिका– ६ तिलाहारको बेतनीस्थित पोखरा–बागलुङ सडक खण्डमा आज बिहान एक यात्रुबाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । पोखराबाट मुस्ताङ आउँदै गरेको ग १ ख ५५९८ नं को बस सडकबाट करीव ३० मिटर तल खेतमा खस्दा त्यसमा सवार १६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खत्रीका अनुसार छ जना गम्भीर घाइतेलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अञ्चल अस्पताल लगिएको छ भने अन्य घाइतेको स्थानीय जिल्ला अस्पतालमा उपचार भइरहेको छ । बसचालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

भुसालले भन्नुभयो, ‘पार्टी एकताको पक्षमा हामी सबै रहेकाले पार्टीलाई यो अवस्थासम्म ल्याइ पुर्याउन जजसले भुमिका खेले उनीहरुलाई कारबाही गरेर नेकपालाई…

महालेखा परीक्षकको टोलीले जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरेको छ ।

अध्यक्ष नेपालले भन्नुभयाे, ‘केपी ओलीको धुलो छाप पार्टीमा सदस्यहरू गए । ४५ सदस्यीय स्थायी कमिटीमा हामीसँग बहुमत छन् ।'

कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत खोप दिइन लागेको हो ।

काठमाडौं । चीन २०२० मा सबैभन्दा धेरै वैदेशिक लगानी मुलुक बनेको छ । कोरोना महामारीको उद्गमस्थल भए पनि चीनले सन्…

काठमाडौं । निर्वाचन आयोगले गरेको निर्णयका कारण राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा भने विभाजित हुने प्रक्रिया…