यसरी मारिए दुई अपहरणकारी(भिडियोसहित)

‘मजदुर परिवारले ४० लाख दिन नसक्दा बालकको हत्या’

नारायण थापा

भक्तपुर । सिन्धुपाल्चोक, मेलम्चीका गणेश खड्का परिवारको लालनपालनको लागि मलेसियामा श्रम गरिहेका छन् । यता पारिवारिक खर्चबाट केही रकम बचाउने उद्देेेेश्यले पत्नी पनि पेप्सिकाेला टाउन प्लानिङमा चिया पसल चलाउँछिन् ।

बाबु र आमाको उध्देश्य हो: आफ्ना बच्चालाई खुशी पार्ने, उनीहरुलाई राम्रो स्कूलमा पढाउने । गणेश र उनकी पत्नीले त्यही लक्ष्यअनुसार छोरा निशानलाई टाउन प्लानिङकै मेरिल्याण्ड स्कुलमा भर्ना गरे ।

११ वर्षीय निशान ६ कक्षामा पढ्दै थिए । परिवारमा खुशीयाली थियाे । भविष्य सुखीमय पार्ने याेजना बनाइरहेका थिए तर यही बेला खड्का परिवारमा आइतबार ब्रजपात भयो । निशान आइतबार साँझ आफैँ चियापसलबाट अपहरणमा परे । सिन्धुपाल्चोक कार्यथलीका २३ वर्षीय गोपाल तामाङ र नुवाकोट सामरीका २४ वर्षीय अजय तामाङले उनकाे अपहरण गरे ।

अपहरणकारीले निशानलाई भक्तपुर पुर्याए, अनि आमालाई फोन गरेर फिरौती मागे । एककरोड रुपैयाँबाट शुरु भएको फिरौती बार्गेनिङ ४० लाखमा झर्यो ।

भिडियो हेर्नुहोस्ः–

ज्याला मजदुरीमै जीवन निर्वाह गर्दै आएका खड्का परिवार बुढेसकालको ‘सहारा’ जोगाउन ४० लाख रुपैयाँ दिन राजी भए । पैसा बुझाउने ठाउँ र समय तोकियो । खड्का परिवार अपहरणकारीले बाेलाएको ठाउँ पुगे । पीडित परिवार तथा टोलछिमेकीले घटनाबारे प्रहरीलाई खबर गरिसकेका थिए ।

सुरक्षाकर्मीसहितको टोली अपहरणकारीले दिएकाे लाेकेसनमा पुग्यो, सुरक्षाकर्मीसहितको टोलीलाई निशान सकुशल उद्धार हुने विश्वास थियो तर उनीहरुको आशा त्यतिबेला निरासा भयो, उनीहरु पुग्दा निशानको हत्या भइसकेको थियो ।

निशानको हत्या भएको जानकारी पाएपछि प्रहरीले अपहरणकारीलाई पनि इन्काउन्टर गरेको छ ।

भिडियो हेर्नुहोस्ः–

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…