‘प्रकाण्ड’ समातिएपछि विप्लवको आक्रोश(विज्ञप्तिसहित)

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रवक्ता तथा स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा ५ दिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रहरीले प्रकाण्डसहित ३ जनालाई मंगलबार बेलुका पक्राउ गरेको थियो । आफ्नो पार्टीका नेता बिना कारण गिरफ्तार गरेको भन्दै विप्लव नेतृत्वले २५ गते देशव्यापी कोणसभा, २६ गते विरोधसभा, साउन २७ गते मशालजुलुस, साउन २९ गते नेपाल बन्दको घोषणा गरेको छ ।

महासचिव नेत्रविक्रम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘राजनीतिक विचारका आधारमा गरिएको गिरफ्तारी बन्द गर्न र पक्राउ परेकाहरुलाई विना शर्त रिहा गर्न माग गर्दछौ ।’

सरकारले एकपछि अर्को गर्दै राजनीतिक अधिकारमाथि प्रतिबन्ध लगाएको भन्दै लोकतन्त्रवादीहरुले यसको विरोध गर्नुपर्ने विप्लवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । आफ्नो पार्टी अपुरो राजनीतिक अधिकार पूरा गर्ने अभियानमा रहेको भन्दै यस अभियानलाई कुल्चने, दमन गरेर सिध्याउने सपना नदेख्न पनि विज्ञप्तिमा चेतावनी दिइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…