परदेशीलाई अनुरोध

एल विवश बैरागी

सयपत्री फूल फुले माडी फाँटमा धान झुले ।
परदेशीको बाटो कुर्दै सपनीमा मन भुले ।।

फर्किआऊ हे परदेशी जोशजाँगर जगाइ ।
छोड बस्न पराइभूमिमा रगतपसिना बगाइ ।।

सुन फुल्ने फाँट हाम्रा बाँझै रहे गाँउका ।
कति भर्छाै अन्नभकारी सामन्त र साहुका ।।

सुनचाँदी हीरामोती हाम्रै भूमिमा पाइन्छ ।
सुखदुःख माया साट्न आफ्नै आमा चाहिन्छ ।।

सुन्तला कुहिए गाउँका आँशु आमाका रित्तिए ।
शोकमग्न छ ग्रामबस्ती काठका बाकस भित्रिए ।।

बाबा रुन्छन् गाईगोठमा आमा मेलापातैमा ।
सँगै बाँचौ सँगै मराँ सुखदुःख साथैमा ।।

सयपत्री फूल फुले माडी फाँटमा धान झुले ।
परदेशीको बाटो कुर्दै सपनीमा मन भुले ।।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…