भोलि सार्वजनिक बिदा

विराटनगर । प्रदेश नं १ को सरकारले विश्व आदिवासी जनजाति दिवसका अवसरमा साउन २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले बुधबार सूचना जारी गर्दै बिहीबार बिदाको घोषणा गरेको हो । मन्त्रालयले प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यलयमा २०७४ चैत २९ गतेको प्रदेश सरकारको निर्णयअनुसार उल्लिखित बिदा दिने निर्णय भई सोको सूचना नेपाल राजपत्र खण्ड (१) विराटनगर, नेपाल, चैत २९ गते २०७४ (पूर्व अतिरिक्ताङ्क १(अ) मा प्रकाशन भएको समेत जानकारी दिएको छ ।

सूचनामा साउन २४ गते विश्व आदिवासी दिवस, भदौ १० गते जनैपूर्णिमा, भदौ १८ गते राधाकृष्ण रथयात्राका दिन (मोरङ र सुनसरी मात्र) र कात्तिक २७ गते छठ पर्वमा सार्वजनिक बिदा दिने जानकारी गराइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…