यसरी मनाइँदैछ गठेमंगल

काठमाडौं । काठमाडौ उपत्यका लगायत देशका विभिन्न शहर र वस्तीमा बिहिबार घण्टाकर्ण चतुर्दशी तथा गठेमंगल पर्व मनाइँदैछ । गथांमुग वा चःह्रे पूजासमेत भनिने यो परम्परागत पर्व श्रावण कृष्णपक्षको चतुर्दशी तिथिमा मनाउने चलन छ ।

कथन अनुसार कानमा घण्ट झुण्ड्याई आहार खोज्न निस्कने नरभक्षी घण्टासुर राक्षसले बालबालिका र महिलालाई भयभित पारेका कारण नगरवासी आजित भएछन् । नगरवासीको दुःख हटाउन एक जना तान्त्रिकले भ्यागुताको रुप लिई डुल्दै हिडेको घण्टासुरलाई धापतिरको बाटो देखाइदिएछन् । घण्टासुर धापमा गडेर फसेका बेला शहरका मानिस जम्मा भई त्यसको बध गरेछन् ।

लोककथनको यही घटनाको आधारमा यस दिन नरकटको घाँसबाट घण्टासुरको पुत्ला बनाई नगरका गल्ली,चोकहरुमा राखिन्छ । सँगै एक जना मानिस रंगीचङ्गी भेषमा घण्टाकर्णको पुत्ला नजिकै बस्ने पनि चलन छ । पुत्ला राखिएको चोकमा डोरी टाँगेर केटाकेटीहरुले घण्टासुरको दाहसंस्कार गर्ने भन्दै जगात उठाउँछन् । साँझ घण्टाकर्णको पुत्ला घिसार्दै खोलामा लगेर जलाइन्छ ।

घण्टाकर्ण सेलाएपछि घरका दैलामा तीनखुट्टे वा पाँच खुट्टे किला ठोक्ने परम्परा छ । साथै त्यस राक्षसको त्रासबाट जोगिन औंलामा फलाम, पित्तल तथा तावाका औंठी लगाउने पनि चलन छ । नेवार समुदायमा यस दिन भ्यागुताको पूजा गरिनुका साथै एक महिने लाखे नाच पनि थालिन्छ । घण्टकर्ण चतुदर्शीलाई आसुरी वृत्तिमाथि मानवीय व्यवहारले विजय प्राप्त गरेको पर्वका रुपमा मनाउने गरिन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…