-मनोरञ्जन डेस्क
एजेन्सी । संसारमा धेरै बिषयहरुका रोचक तथ्यहरु रहेका छन् जुन सुन्दा अचम्म लाग्ने गर्दछ । जसमध्ये महिलाबारेका तथ्यहरु पनि रोमाञ्चकभित्र पर्दछन् । प्रकृतिले नै सुन्दर र कोमल बनाइदिएको कारण महिला आफै स्वभाविक रुपमा आर्कषणको केन्द्रबिन्दु मानिएको छ । विश्वको कुल जनसंख्यामा आधा जनसंख्या ओगटेको महिलाहरुको बारेमा एक अध्ययनपछि सार्वजनिक भएका रोचक तथ्यहरु यस्ता छन् :
१. सन् २०१२ मा भएको ओलम्पिकमा इतिहासमै पहिलोपटक महिला खेलाडीको सहभागिता बढि रहेको थियो । ओलम्पिकमा २६९ महिला थिए भने २६१ पुरुष सहभागी थिए ।
२. अमेरिकामा पुरुषभन्दा महिलाको जनसंख्या बढि रहेको छ । यस्तै अवस्था नेपालको पनि छ ।
३. हरेक ९० सेकेन्डमा एक महिलाको मृत्यु बच्चा जन्माउने क्रममा हुने गर्दछ ।
४. सबैको साेंचमा पुरुषले धेरै अश्लिल शब्द प्रयोग गरी कुराकानी गर्छन् भन्ने छ । तर पुरुषले जति नै महिलाहरुले पनि अश्लिल कुराकानी गर्ने गरेको अध्ययनले देखाएको छ ।
५. एकसय बर्ष भन्दा बढि बाँच्ने ५ मानिसहरुमा ४ महिला हुने गरेको छ । त्यसैले महिलाको आयु पुरुषको तुलनामा बढि हुने गर्दछ ।
६. गर्भावस्थामा निदाउदा घुर्ने महिलाहरुको बच्चा अन्य बच्चाहरुको तुलनामा होचो हुने मान्यता रहेको छ ।
७. अमेरिकामा ४० प्रतिशत महिलाहरुले विवाह पहिले सन्तान जन्माउने गर्दछन् ।
८. साउदी अरबमा यदि श्रीमानले श्रीमतीलाई कफी बनाएर नदिए श्रीमतीले तलाक लिन सक्ने कानुनी व्यवस्था छ ।
९. Wyfman शब्दबाट Woman शब्दको जन्म भएको हो । जसको अर्थ हुन्छ wife of man।
१०. पुरुषको तुलनामा महिलाले २ गुण बढि आँखा झिम्काउने गर्दछ ।
११. एक महिलाले आफ्नो जीवनभरिमा ३ किलो लिपिस्टिक लगाउने गर्दछ ।
१२. पुरुषको तुलनामा महिलाको सुँघ्ने शक्ति कयौ गुणा बढि हुने गर्दछ ।
१३. महिलाका तुलनामा पुरुषको मुटुको धडकनको गति कम हुन्छ ।
१४. महिलाको पूरै जीवनको एक वर्ष कुन कपडा लगाउने भनेर सोचेर बित्ने गर्दछ । हरेक महिला आफ्नो लुक्सलाई लिएर एक दिनमा कम्तीमा ९ पटक सोच्ने गर्दछ ।
१५. विश्वमा अझैपनि समान काम गरेर पनि पुरुषको तुलनामा महिलालाई ३६ प्रतिशत कम पारिश्रमिक दिइने गरेको छ ।
१६.अफ्रिकी देशहरुमा नाइजेरिया शिशु जन्मदरमा अगाडि रहेको छ । त्यहाँको हरेक महिलाले औसतमा ७ बच्चा जन्माउने गरेका छन् । जुन विश्वमा सबैभन्दा धेरै हो ।
१७. सबैभन्दा कम उचाईकी आमा बन्ने महिला जम्मा २ फिट ४ इन्चको थिइन् ।
१८. सबैभन्दा कम उमेरमा डिभोर्स गर्ने बालिका जम्मा १० बर्षको थिइन् ।
१९. एक महिलाले आफ्नो जीवनको १० बर्ष भान्छामा बिताउने गरेको अध्ययनले बताएको छ ।
२०. सबैभन्दा बढि बच्चा जन्माउने महिलाको रेकर्ड रुसको महिलाको नाममा रहेको छ । उनले ६९ वटा बच्चा जन्माएकी छिन् ।