विजेता टोली स्वदेश फर्कियो

काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न शेख कमल स्मृति अन्तर्राष्ट्रिय मार्शल आर्ट च्याम्पियनसिप अन्तर्गत करातेमा पदक विजेता नेपाली टोली स्वदेश फर्किएको छ ।

साउन २० गतेदेखि २३ गतेसम्म ढाकामा भएको प्रतियोगितामा नेपाली कराते टोलीले १ स्वर्ण र ५ रजत जितेको थियो । मदन भण्डारी स्पोर्टस् एकेडेमीमार्फत प्रतियोगिता खेल्न पुगेका नेपाली टोलीका सदस्यमध्ये ६५ केजी तौलसमूहमा जेमिन महर्जनले स्वर्ण पदक जितेका थिए । उनले बंगलादेशी खेलाडीलाई पराजित गरी स्वर्ण जितेका थिए । प्रतियोगिता अन्तर्गत ५५ केजी तौलसमूहमा रोशन श्रेष्ठ, ६० केजी तौलसमूहमा कमल भुजेल, ६७ केजीमा जीतबहादुर श्रेष्ठ, ७० केजीमा प्रकाश थापामगर र ७५ केजी तौलसमूहमा विश्व कल्याण लामाले रजत पदक जितेका थिए ।

पदक विजेता नेपाली टोलीलाई विमानस्थलमा मदन भण्डारी स्पोर्टस् एकेडेमीका सचिव एवम् मार्शल आर्ट विभाग प्रमुख ओम प्रसाईं, आइडब्ल्यू एफएम कराते डो संघका महासचिव उपेन्द्रकुमार शाही, सदस्य मंगल शाही तथा संघका भक्तपुर अध्यक्ष नकुल रानामगरलगायतकाले स्वागत गरेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…