सुशीला केसीको नाचौँनाचौँ लाग्ने गीत:‘लान्छकी भैरेले (भिडियोसहित)

काठमाडौं । पछिल्लो समय तीज गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ ।

यसैक्रममा भर्खरमात्र गायन क्षेत्रमा उदाउदै गरेकी सल्यानी चेली सुशीला केसीको ‘लान्छकी भैरेले’बोलको गीत सार्वजनिक भएको छ ।

यसमा स्वर सुसिला केसी,पुर्णकला बिसी र मेक्सम खातीको रहेको छ । सुशीला केसीकै शब्दमा तयार पारिएको छमछमी नाचौँनाचौँ लाग्ने तीज गीतमा मोडल तथा गायक मेक्सम खाती, अञ्जली अधिकारी र सुजन ढकालले कम्मर मर्काएका छन् ।

उनीहरुलाई गीतमा नृत्य निर्देशक मौसम हिमालीले छमछमी नचाएका हुन् । गीतको छायांकन करण चैसिरले गरेका छन् । गीतको भिडियो सम्पादन भने प्रविन शाक्यले गरेका हुन ।

गितको अडियो भिडियो गोरक्ष म्युजिक प्रा.ली ले निर्माण गरेको छ भने गितको भिडियो मेक्समको आफ्नै यूटुब च्यानल बाट सार्वजनिक भयको छ।

युट्युबमार्फत सार्वजिनक गरिएको गीतप्रति धेरैले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…