नेपाल-भारत साहित्य महोत्सव हुने

श्याम कुशवाहा

वीरगंज ।  वीरगन्जमा नेपाल र भारतका साहित्य अनुरागीहरूको बृहत् जमघट हुने भएको छ ।

यही साउन २७ गते वीरगन्जको जैन भवनमा नेपाल भारत साहित्य महोत्सव २०१८ को आयोजना गरिएको छ । बिहीबार जैन भवनमा पत्रकार सम्मेलन गरी आयोजक संस्था नेपाल भारत सहयोग मञ्च , ग्रिन केयर सोसाइटीले कार्यक्रमका बारेमा जानकारी गराएको छ ।

कार्यक्रममा नेपाल भारतका २ सय ५० जना साहित्यकारहरू सहभागी हुने आयोजक संस्था नेपाल भारत सहयोग मञ्चका अध्यक्ष एवं उद्योगी अशोक वैधले जानकारी दिनुभयो । साहित्य अनुरागीहरूको बृहत् जमघट कार्यक्रमको प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत गद्दीले उद्घाटन गर्नु हुने छ ।

कार्यक्रममा जैन धर्मका आचार्य डाक्टर चरित्र प्रज्ञाले विशेष आतिथीको रूपमा मन्तव्य राख्नुहुने छ । कार्यक्रममा साहित्यिक कृतिहरूको प्रदर्शनकारी लागि १० वटा स्टल समेत लगाइने र साहित्यका विभिन्न आयामका बारे बृहत् बहस पनि गरिने आयोजक संस्थाले जनाएको छ ।

यस कार्यक्रमले नेपाल र भारतका साहित्यकारहरूको बिचमा आपसी र सांस्कृतिक समबन्ध विस्तार हुने कार्यक्रमका संयोजक गणेश लाठाले जानकारी दिनुभयो ।

 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…