पूर्वीचौकीकाे सफल अध्यक्ष हुँ भन्ने आधार के ?(भिडियोसहित)

नेतृत्वविहीन समुदाय र क्षेत्र विकासमा पछाडी धकेलिन्छ । नेपालको असंतुलित बिकास प्रकृयाले यो कुरा सिद्ध गरेको छ । साधन, श्रोत र सत्ताको शक्ति सबै सिंहदरवारमा भण्डारण हुने केन्द्रीकृत शासन ब्यवस्था भएपछि अन्यत्र नेतृत्वको खडेरी पर्नु स्वभाविक थियो । तर लोकतान्त्रिक गणतन्त्र सहितको नेपालको नयाँ संविधानले स्थानीय सरकारको अवधारणालाई आत्मसात गरेपछि साधन, श्रोत र राज्य शक्ति तल्लो तहसम्म बाँडफाँड भएको छ । जस्को कारण मुलुकको कुना कुनामा र हरेक समुदायमा नेतृत्वको बिकास हुने क्रम शुरु भएको छ । शासन प्रकृयामा अधिकाधिक जनताको सहभागिता वृद्धि भइरहेको छ ।

सिंहदरवारबाट दुरदराजमा पर्छ डोटी । डोटीको पनि विकट क्षेत्र पूर्वीचौकी गाउँपालिका । नयाँ संविधानमा स्थानीय सरकारको अवधारणा अनुसार विकेन्द्रित शासन प्रणाली लागू भएपछि पुरानो अभ्यास फेरिएको छ । नयाँ चलन र अभ्यास शुरु भएको छ । त्यसको उदाहरण हो डाटी जिल्लाको पूर्वीचौकी गाउँपालिका । स्थानीय नेतृत्वको विकास हुँदैछ । स्थानीय स्तरमै विकासका सपनाहरु कोरलिएको छ ।

गाउँस्तरमै बिकासका तानाबाना बुनिदैछ । स्थानीय शासनको अभ्यास र श्रोतको परिचालनले सुन्दर र बिकसित गाउँको नक्शा कोरिदै छ । उदाहरणका लागि हेरौं, सुनौ – डोटी जिल्ला पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटीको विचार र अभ्यास ः –

एउटा कुँवा बनाउन र चौतारो मर्मत गर्न पनि सिंहदरवारको मुख ताक्नु पर्ने दिन थियो । तर यतिबेला पूर्वीचौकी गाउँपालिकाका प्रमुख दीर्घराज बोगटीको नेतृत्वमा पुरै गाउँपालिकालाई फन्को मार्नेगरी चक्रपथ बिस्तार गर्ने योजना बनाईएको छ । योजना निर्माण मात्र होईन आफ्नै कार्यकालको ५ वर्ष भित्र चक्रपथ तयार पार्ने अध्यक्ष बोगटीको दृढ संकल्प पनि छ ।

समग्र र सर्वत्र बिकास अध्यक्ष बोगटीको मुल्य मान्यताको विषय हो । त्यसकारण गाउँपालिका भित्र रहेको ७ वटै वडाहरुमा विस्तृत परियोजना रिपोर्ट तयार पारेर विकास निर्माणको कामलाई गतिमान बनाउँदै छन् उनी । गाउँपालिकाको ७ वटै वडामा शाखा सडकको विस्तार गरि पूवी चौकीको निधारबाट दुर्गम भन्ने शब्द मेटाउने लक्ष्य छ अध्यक्ष बोगटीको ।

अति विकट पहाडी क्षेत्र भएकोले शिक्षालाई जीवनमुखि बनाउन आवश्यक ठान्छन् अध्यक्ष बोगटी । उनको बिचारमा प्राविधिक शिक्षाले तुरुन्त रोजगारी दिन र दिलाउन सक्छ । त्यसकारण यसै वर्षदेखि पूर्वी चौकी गाउँपालिकामा ओभरसियरको पढाई सञ्चालनमा ल्याईदैछ । त्यसको लागि गाउँपालिकाले उचित तारतम्य मिलाईरहेको छ । युवाहरुको हातमा प्राविधिक शिप दिएर स्वरोजगार बनाउने प्राविधिक शिक्षामा अध्यक्ष बोगटीको जोड छ ।

सुशासनको नतिजा सामाजिक न्याय र सुरक्षा हुनुपर्छ भन्ने अध्यक्ष बोगटीको मान्यता छ । त्यसकारण पूर्वी चौकी गाउँपालिकाले असहाय, गरिब र वृद्ध वृद्धाहरुलाई आर्थिक सहयोग उपलब्ध गराउने नीति अवलम्वन गरेको छ । डोटीको पूर्वी भाग पूर्वी चौकी गाउँलालिकालाई उज्यालो बनाउने उनको सपना छ । त्यसकारण उज्यालो पूर्वी चौकी भन्ने नारा दिएर अध्यक्ष बोगटी विकास निर्माणको नेतृत्व गर्दैछन् । हरेक घरमा विद्युत पु¥याउने उनको नाराले गाउँपालिका भित्र नयाँ आशाको सञ्चार गराएको छ ।

समृद्धि पथमा राष्ट्र अघि लम्केको बेला पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष बोगटी होस्टेमा हैंसे गर्न चहान्छन् । दुरदर्शी युवा नेतृत्वको आफ्नो पहिचान दिदै उनले पाँच ‘ज’ र एक ‘प’ को अवधारणा सुनाए । जल , जंगल , जमिन , जडिवुटी र सक्षम जनता र पर्यटन नै पूर्वी चौकी गाउँपालिकाको बिकासको आधार हुने कुरामा अध्यक्ष बोगटी बिस्वस्त छन् । उनको यो ज्ञान शुत्र र कुशल नेतृत्व पूर्वी चौकी गाउँपालिकाको लागि उपयोगी होस् ।

भिडियो हेर्नुहोस्ः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…