नेकपाका प्रवक्ता ‘प्रकाण्ड’अपराधी हुन्: गृहमन्त्री थापा

आनन्द पोखरेल

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी भएको बताएका छन् ।

शुक्रवार भरतपुर विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले प्र काण्ड आपराधिक गतिविधिमा संलग्न भएकै कारण पक्राउ गरिएको बताउनुभएको छ । प्रकाण्ड वारेन्ट गरिएका व्यक्ति भएको उल्लेख गर्दै थापाले गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न तथा चन्दा आतङ्कमा संलग्न भएको कारण उनलाई पक्राउ गरिएको थापाको भनाइ छ ।

गृहमन्त्रालयको काम कानुनको कार्यान्वयन गराउने भएकोले गैरकानुनी काम गर्नेलाई कानुन अनुसार सजाय दिइने थापाले बताउनुभयो ।सरकार र जनताले गृहमन्त्रालयलाई सुम्पिएको जिम्मेवारी दृढता पूर्वक ढङ्गले निर्वाह गरिरहेको गृहमन्त्री थापाले बताउनुभयो ।

पछिल्लो समय बढेको बालिकाहरूलाई बलात्कार गर्ने र हत्या गर्ने अपराधीहरूलाई निस्तेज गर्न गृह मन्त्रालय सफल भएको थापाको भनाइ छ । भक्तपुरमा अपहरणकारीलाई गरिएको इन्काउन्टर सही भएको ठहर सरकारले गरेको गृहमन्त्री थापाको भनाई छ ।

२४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको उल्लेख गर्दै गृहमन्त्री थापाले प्रहरीबाट प्राप्त रिपोर्ट अनुसार उनीहरू मुठभेडमा नै मारिएकाले फुक इन्काउन्टर भनेर हल्ला मात्रै गरिएको बताए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…