वर्षाले डुबेको सप्तरीलाई सुक्खा क्षेत्र बनाउन माग

सप्तरी । वर्षात्ले तराइमा अधिकाँश ठाउँ जलमग्न भएको छ । प्रदेश नम्बर २ मा पर्ने सुनसरी डुबान मुक्त हुन सकेको छ्रैन् । तर त्यस्तो अवस्थामा रहेको सुनसरीलाई सुख्खा क्षेत्र बनाउन माग गरिएको छ । नेपाली काङ्ग्रेसले सप्तरीलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको हो ।

कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले वर्षा र सिँचाइको उचित व्यवस्था नभएसम्म जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने बताउनु भयो । जिल्लामा देखिएका विभिन्न समस्या समाधान हुन नसकेको, जिम्मेवार पदमा बसेकाले प्रभावकारी अनुगमन गर्न नसकेको र विकास निर्माणका योजनामा आर्थिक अनियमितता भइरहेकाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उहाँले जानकारी दिनुभयो ।  जिल्लामा तीनै तहबाट भइरहेका विकास निर्माणका कार्यको समितिमबाट प्रभावकारी अनुगमन हुनुपर्नेमा समेत सभापति यादवले जोड दिनुभयो ।

जिल्लामा अहिलेसम्म ६५ प्रतिशत रोपाइँ भएको छ । ७० हजार हेक्टर खेतीयोग्य जमिन छ । त्यसमध्ये ४१ हजार ५ सय हेक्टर न रोपाइँ भएको वरिष्ठ कृषि अधिकृत भागिरथ यादवले जानकारी दिनुभयो । मुलुककै पुरानो नहरका रुपमा रहेको चन्द्रनहर जीर्ण हुँदा सिंचाई समस्या भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…