गणेशमान सिंह सामुदायिक वन प्रथम

काठमाडौं । यस वर्षको गणेशमान सिंह सामुदायिक वन प्रथम राष्ट्रिय पुरस्कार पाल्पास्थित अँधेरी छरछरे सामुदायिक वन उपभोक्ता समूहले हात पार्न सफल भएको छ ।

सरकारले प्रदान गर्दै आएको १ लाख नगदसहितको सो पुरस्कार वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पाल्पास्थित अँधेरी छरछरे सामूदायिक वन उपभोक्ता समूहलाई प्रदान गर्नु भएको हो ।

सामूदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच ७५ हजार राशीको गणेशमान सिंह सामूदायिक वन दोस्रो राष्ट्रिय पुरस्कार अर्घाखाँचीस्थित धिरीखोला सामुदायिक वनलाई दिइएको छ । गणेशमान सिंह सामूदायिक वन तेस्रो राष्ट्रिय पुरस्कार भने कपिलबस्तुको विरपुर जनकल्याण सामूदायिक वन उपभोक्ता समितिले प्राप्त गरेको छ ।

त्यसैगरी कवुलियत वन प्रथम राष्ट्रिय पुरस्कार पाँचथरस्थित सितलपोखरी कवुलियति वन समूहलाई प्रदान गरिएको छ । ७५ हजार राशीको सो नगद पुरस्कार पनि मन्त्री बस्नेतले समूहलाई प्रदान गर्नु भयो । त्यसैगरी ७५ हजार राशीको निजी वन प्रथम राष्ट्रिय पुरस्कार झापा गौरादहका दुर्गाप्रसाद प्रसाईले प्राप्त गर्नु भएको छ ।

यस वर्षको साझेदारी वन प्रथम राष्ट्रिय पुरस्कार कपिलबस्तुको तिलौराकोट साझेदारी वन उपभोक्ता समूहलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशी ५५ हजार ५ सय ५५ रहेको छ । सरकारले यस वर्ष सामूदायिक वन पत्रकारिता पुरस्कार पत्रकारद्धय अब्दुल मियाँ र कोकिला भण्डारीलाई प्रदान गरेको छ । दुवैलाई २५ हजार नगदसहित सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै वन तथा वातावरण मन्त्री बस्नेतले पुरस्कृत व्यक्तिहरुले मुलुकको आर्थिक– सामाजिक रुपान्तरणमा अझै महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले हरेक वर्ष वन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकाहरुलाई सम्मान प्रदान गर्दै आएको छ । मन्त्री बस्नेतले सरकारले मुलुकको आर्थिक समृद्धिमा उल्लेखनीय योगदान दिनेहरुलाई सम्मान गर्दै जाने नीति लिएको पनि बताउनु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…