हवाई आक्रमणमा २९ बालबालिकाको मृत्यु

साना । उत्तरी यमनमा विद्रोहीको बढी प्रभाव रहेको बजार इलाकामा साउदी अरेबियाआवद्ध संयुक्त गठबन्धनले गरेकोे हवाई आक्रमणमा २९ जना बालबालिकाको मृत्यु भएको छ ।

गठबन्धनले आक्रमण गरेको रेडक्रसको अन्तर्राष्ट्रिय समिति आइसीआरसीले जानकारी दिएको छ । संयुक्त गठबन्धनका प्रवक्ता तुर्कि अल–मलिकीले साउदी अरेबियामाथि हुथी बिद्रोहीले घातक क्षेप्यास्त्र प्रहार गरेको बदलामा कारबाही गरिएको दाबी गर्नुभयो । उहाँलेभ भन्नुभयो, ‘बसमा हुथी विद्रोही चढेको आशंका गरिएको थियो । तर उनीहरुले बालबालिकालाई प्रयोग गरे ।’

आइसीआरसीका अनुसार बालबालिका चढेको बस हुथी विद्रोहीको बलियो प्रभाव रहेको सादाको दहमयान बजारतर्फ जाँदै थियो ।स्थानीय यमनी अस्पतालका अनुसार हालसम्म २९ बालबालिकाको शव प्राप्त भइसकेको छ । ती बालबालिका १५ वर्ष मुनिका छन् । क्षेप्यास्त्र आक्रमणमा परी ३० जना बालबालिकासहित ४८ व्यक्ति घाइते भएको आइसीआरसीले जानकारी दिएको छ ।

घाइतेहरुका कैयौ बालबालिकाको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या अझै बढ्न सक्ने पनि प्रहरीको अनुमान छ । घाइते र मृतकलाई विभिन्न स्थानीय अस्पतालहरुमा राखिएकोले मृतकको विवरण प्राप्त भइनसकेको रेडक्रसका प्रवक्ताले जानकारी दिएका छन् ।विद्रोहीका अनुसार आक्रमणमा ५० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ७७ घाइते भएका छन् । त्यसमा प्रायः बालबालिकाको भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस र अमेरिकी विदेश मन्त्रालयले घटनाको स्वतन्त्र रुपमा छानबिनका लागि आह्वान गरेका छन् । निर्दोष व्यक्तिहरुमाथिको यस्तो आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानूनले पनि निन्दनीय मान्दछ । यमन सरकारलाई सहयोग गर्दै आएको साउदी नेतृत्वको गठबन्धन नै बिहीबारको आक्रमणमा दोषी रहेको हुथी विद्रोहीको दावी छ । एएफपी

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…