सरकार, सबै महिला सडकमै आउनु परेको हो ?

अपराधको दुनियाँमा एकाध घटनाले पाउने प्राथमिकता र ग्लामर मात्र होइन, यहाँ त यसैले पाइरहेको निरन्तरताले पक्कै मानवसभ्यतामै मोसो दलेको छ

–सीता अधिकारी

संसारमा धेरै मनोवृत्तिका मान्छे बस्छन् । पुरुष र महिलाले बनाएको रंगीन दुनियाँ नै मनोरम संसार हो । महिला र पुरुषले कामको सहजताका लागि बाँड्फाँड गरेको भूमिका पनि छ । तर अविकसित मुलुकमा पितृसत्तात्मक सोचका कारण महिला पुरुषको दास बन्नु पर्ने भन्ने मानसिकता अझै कायमै छ । जातका आधारमा मूल्यांकन गर्नेहरु पनि छन् । क्षमताको लेखाजोखा नहुँदा कयौँ प्रतिभावानहरु ओझेलनमा परेकै छन् । अझ महिला पुरुषको दबाब मा हुनुपर्छ भन्ने मनोग्रन्थिले महिलाको क्षमता सधैँ दबिने गरेको छ । पुरुष भनेका कुरा मान्नु नै महिलाको जिन्दगी हो भन्ने भन्ने गलत मानसिकताले घर गरेका कारण समाज रुपान्तरणमा समस्या छ ।

संसारले विकासमा मारेको फड्कोमा गर्व गरिरहँदा हामी भने अझै छोराछोरीको सुरक्षा माग गर्दै सडकमा कुर्लिरहेका छौँ । काम गर्न छाडेर नाराबाजीमा समय खेर फालिरहेका छौँ । यो विडम्बनाबाट मुक्त हुन जरुरी छ । एकमहिनामा २३ वटा बलात्कारका घटना भए । तर सरकारले आफ्नो बोली फुटाउन सकेको छैन । अन्य देशमा बलात्कारका घटना हुँद कार्यकारी प्रमुख गम्भीर बन्छन् । अपराधीलाई कारबाही गर्न आदेश दिन्छन् । उस्तै परे नैतिकताका आधारमा राजीनामासमेत दिन बाध्य हुन्छन् । बलात्कारीलाई फाँसी वा आजीवन काराबास हुन्छ । हामीकहाँ फाँसीको व्यवस्था त छैन, तर अपराधीलाई कारबाही गर्न जुन कानुन बनाइएको छ, त्यो कार्यान्वयन त कता हो कता, पक्रेर कारबाहीको दायरामा ल्याउन खोज्दासमेत राज्यपक्षका उपल्ला ओहोदामा बसेकाहरुले उस्तै परे तगारो हाल्न बेर लगाउँदैनन् ।

यस्तो अवस्थामा, चेली कसरी सुरक्षित रहने ? सन्तानको पिरलोले हरेक आमाबुबाको मनमा डरको घर गरेको छ । हरपल बच्चाबच्चीको चिन्तामा सचेत रहनु पर्ने अवस्था बनेको छ । चेलीबेटी बलात्कृत भइरहँदा पक्कै समाजमा छोरीहरु असुरक्षित छौँ । अन्याय, अभाव, अन्योल, अव्यवस्था, कुशासन मौलाएको छ । पुरुष र महिला दुबैले यो साझा समस्या हो भनेर समस्या समाधानका लागि पहल गर्न ढिलाइ भइरहेको छ ।

छोरीहरु बाबु, दाजु, गुरु, अनि न्याय दिने प्रहरीबाटै बलात्कृत भइरहेका छन् । बलात्कार जस्तो कुकृत्यमा लुकाउन हत्या गर्ने क्रम बढेको छ । सरकारले साँच्चै बलात्कारीलाई कारबाहीको दयारमा ल्याएन भने महिलाहरुले बलात्कारी र अपराधीलाई महिलाले भोगेजस्तै पीडाको दहमा डुबुल्की मारेर समाजमा अनुहार देखाउन नहुने बनाइदिने भन्दै महिलाको जुलुश सडकमा आयो भने के जवाफ दिने सरकार ?

बलात्कृत हुने र मारिनेको उमेर हेर्दा हरेक उमेरमा बालबच्चा अपराधीको सिकार बनेका छन् । छोरी, बहिनी, आमामाथि नै कुकृत्य र जघन्य अपराध बढिरहेको छ । समाजमा बढ्दो करणीका घटनाले पुरुषहरूलाई पनि कलंक लागेको छ कि सबै पुरुष त्यस्ता त होइनन् । तर अपराधको दुनियाँमा एकाध घटनाले पाउने प्राथमिकता र ग्लामर मात्र होइन, यहाँ त यसैले पाइरहेको निरन्तरताले पक्कै मानवसभ्यतामै मोसो दलेको छ । अब छोरी जोगाउने मात्र होइन, छोरालाई पनि अपराधको दुनियाँबाट मुक्त बनाएर सचेत, सभ्य र छोरीचेलीमाथि सद्भाव राख्ने बनाउनु अभिभावकको पनि दायित्व हो । हरेक अभिभावकले छोरी जोगाउन जति चिन्ता गरेका छन् त्यति नै छोरालाई सभ्य बनाउने विषय प्राथमिकतामा पर्नु पर्छ । छोरालाई घरमा हुने भरथेगले कतै छोरा बिग्रिरहेको त छैन, घर, समाज र राष्ट्रको चिन्ता हुनुपर्छ ।

अर्काकी छोरी जिस्काउँदा अभिभावक चुप बसिदिँदा छोरामा कुलत बढ्न सक्छ । र, दूराचारमा जोडियो भने उसको मात्र होइन, परिवारकै जिन्दगीमा कलंक पोतिन्छ भनेर हामीले अब छोरालाई पनि समवेदित बनाउने बेला भएको छ । मोबाइलमा हेरिने अश्लील भिडियोका कारण पनि विकृति, विसंगति बढेको छ । हामीले छोरीलाई संस्कार सिकाइरहँदा छोराले चलाउने स्मार्ट फोन, उसले इन्टरनेटमा हेरेका साइटहरु अनि उसका संगत कोसँग छ भनेर सचेत बन्नै पर्छ । खासगरी आमाले पनि छोरीलाईजस्तै छोरालाई चासो दिनु पर्छ ।

गर्भदेखि, कोक्रो र वृद्ध अवस्थासम्मका महिला चौतर्फीरुपमा असुरक्षित बनिरहेका छन् । महिलाले आफ्नो सुरक्षाका निम्ति केही सावधानी अपनाउन सक्छन् । पहिरनमा पनि ध्यान दिन आवश्यक देखिन्छ । आचरण, बोलिचाली, हिँडाइ, हेराइले पनि प्रभाव पार्छ पक्कै । तर जसलाई विश्वास गरिरहेका हुन्छौँ, कहिलेकहीँ त्यो विश्वासको पर्खाल भत्किन पनि सक्छ । अपरिचित व्यक्तिलाई तुरुन्त विश्वास नगरौँ । चिनेको होस् या नचिनेको व्यक्तिलाई कहिलेकहीँ आत्मीयता नदिउँ । ७० प्रतिशत छोरीचेली आफन्तबाटै असुरक्षित भेटिनुले छोरालाई संस्कार सिकाउने विषय पहिलो बन्नैपर्छ ।

छोरीबहिनीलाई घुम्न जाँदा, घर बाहिर या घर भित्र रहदा सहज र सुरक्षित रहनसक्ने वातावरण निर्माण नै हाम्रो पहिलो दायित्व हो । अपराधमा संलग्नलाई कानुनी कठघरमा उभ्याउन छाडेर मायाममता देखाउने काम पनि बन्द गर्नुपर्छ । आजीवन काराबास या फाँसीको माग यसै उचालिएको होइन । आजीवन काराबास र आफ्नै मृत्युको भय कसलाई हुँदैन र ? पक्कै चेलीमाथि कुदृष्टि लगाउनेको कमी हुनेछ । यहाँ त प्रमाण अभावका नाममा अपराधीलाई उन्मुक्ति भइरहँदा पो आपराधिक मानसिकता बढिरहेको छ । जुन दिन बलात्कारीलाई कठोर सजाय व्यवस्था हुन्छ, पक्कै मानिसमा अझै डर रहन्छ र महिलामाथि हुने अपराधमा कमी आउनेछ । अन्त्यमा, छोरीहरु बाबु, दाजु, गुरु, अनि न्याय दिने प्रहरीबाटै बलात्कृत भइरहेका छन् । बलात्कार जस्तो कुकृत्यमा लुकाउन हत्या गर्ने क्रम बढेको छ । सरकारले साँच्चै बलात्कारीलाई कारबाहीको दयारमा ल्याएन भने महिलाहरुले बलात्कारी र अपराधीलाई महिलाले भोगेजस्तै पीडाको दहमा डुबुल्की मारेर समाजमा अनुहार देखाउन नहुने बनाइदिने भन्दै महिलाको जुलुश सडकमा आयो भने के जवाफ दिने सरकार ?

–लम्की, कैलाली

अर्काकी छोरी जिस्काउँदा अभिभावक चुप बसिदिँदा छोरामा कुलत बढ्न सक्छ । र, दूराचारमा जोडियो भने उसको मात्र होइन, परिवारकै जिन्दगीमा कलंक पोतिन्छ भनेर हामीले अब छोरालाई पनि समवेदित बनाउने बेला भएको छ । मोबाइलमा हेरिने अश्लील भिडियोका कारण पनि विकृति, विसंगति बढेको छ । हामीले छोरीलाई संस्कार सिकाइरहँदा छोराले चलाउने स्मार्ट फोन, उसले इन्टरनेटमा हेरेका साइटहरु अनि उसका संगत कोसँग छ भनेर सचेत बन्नै पर्छ । खासगरी आमाले पनि छोरीलाईजस्तै छोरालाई चासो दिनु पर्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…