सिक्टा सिंचाइको नहर फुट्यो

काठमाडौं । सिक्टा सिंचाई आयोजनामा प्रयोग भएको घुलनशील माटोका कारण सिक्टाको नहर फुटेसंगै स्थानीय आक्रोशित भएका छन । केहि दिन अघि परिक्षण गर्ने क्रममा चंगाई खोला नजिक पुल भत्केको थियो । नहरको क्षमता ५० क्यूबिक क्षमता भएता पनि नहर परिक्षणका क्रममा ८ देखि १२ क्यूबिक मात्र पानी छाडेता पनि नहर भत्केको हो ।

राष्ट्रिय गौरवको आयोजनालाई सबै पक्षबाट निर्माण शुरु नगर्दा समयमा आयोजना सम्पन्न हुन नसकेको हो । हेड वक्स, मूल नहरसँगै शाखा र प्रशाखा नहरहरु र पानी बढी हुँदा फ्याँक्ने नहरहरुको निर्माण एक साथ शुरु गरेको भए अहिलेसम्म किसानका खेत–खेतमा सिँचाइ पुग्ने थियो । सरकारी अधिकारीको यो लापरबाहीले किसानले सिँचाइ नपाएका मात्र होइनन्, सरकारको लगानी पनि बढिरहेको छ ।

सो नहरमा घुलनशिल माटो प्रयोग भएका कारण यो नहर पक्की नभएको र स्थानीयले बेला बेलामा खबरदारी गर्दा पनि निर्माण कम्पनीले बेवास्ता गर्दा यो समस्या आएको भागिराम वलीले बताए । परिक्षणका समयमा जंगलमा फुटेर गाँउसम्म पानी पस्ने गरेको छ । पछि गाँउमा पनि माटो पाटेको ठाँउमा नहर फुट्ने समस्या रहेकाले आफुहरु त्रसित भएर बस्नु परेको स्थानीय गणेश वलीले बताए । गाँउमा नहर हुदा हुदा पनि आफुहरुका लागि भने सिंचाई गर्नका लागि कुनै सहायक नहर नहुँदा समस्या रहेको समेत उनले बताए ।

निर्माण कम्पनिले अरुलाई नै ठेक्का दिँदा निर्माणका लागी चाहिले कमसल समानहरु प्रयोग गरेको कारण नहर भत्किने समस्या आएको हो र सम्बन्धित निकायले निर्माणका बेलामा अनुगमन नगर्दा पनि काममा लापरबाहि भएको हुन सक्ने स्थानिय कुल बहादुर डाँगीले बताए ।  सिक्टा सिंचाई आयोजनाको कार्यालयले नहर के कति कारणले भत्केको हो भनि ५ सदस्यीय छानबिन समिति बनाएको बताएको छ ।

समितिको संयोजकमा सिंक्टा सिंचाई आयोजनाका डिइ प्रकाश कार्कीले भने केहि त्रुटि भएको स्वीकारेका छन् । अहिले यथास्थितीमामै काम गर्न गाह्रो हुने भएका कारण यसलाई नहरलाई पुन मर्मत गर्ने पनि बताए । नहर बनेको ८–१० भईसकेका हुँदा पनि पानी चुहिएर नहर भत्किएको हुन सक्ने उनको भनाई रहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…