आजदेखि फुटबलको नयाँ सिजन शुरु

काठमाडौँ । खेलाडी किनबेच र स्थानान्तरसँगै युरोपियन क्लब फुटबलको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । विश्वकै ठूलो र चर्चित इङ्लिस प्रिमिएर लिगसँगै फ्रेन्च लिग वानको नयाँ सिजन आजदेखि सुरु हुन लागेको हो ।

इङ्लिस प्रिमिएर लिगको यो सिजनमा तीन टोली फुल्ह्याम, बुल्भस् ह्याम्पट्न र कार्डिफ सिटी थपिएका छन् । गत सिजन दोस्रो श्रेणीको च्याम्पियनसिप लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि तीन टोलीले प्रिमियर लिगमा स्थान बनाएका हुन् । डबल राउण्ड रोबिन लिगका आधारमा संचालन हुने लिगको पहिलो खेलमा मध्यराती म्यानचेष्टर युनाइटेड र लेष्टर सिटीबीचको प्रतिस्पर्धा हुँर्दैछ । योसँगै योसिजनको इङ्लिस प्रिमिएर लिग सुरु हुनेछ ।

वल्र्डट्रार्फोड रंगशालामा खेल नेपाली समयअनुसार पौने १ बजे सुरु हुनेछ । प्रिमिएर लिगअन्तगर्त भोलि ५ खेल हुनेछन् । प्रिमियर लिगको गत सिजनको उपाधि म्यानचेस्टर सिटीले जितेको थियो भने स्टोक सिटी, स्वान्सी सीटी, स्टोक सीटी र वेस्ट ब्रोम रेलिगेशनमा परेका थिए । प्रिमिएर लिगसँगै फ्रान्सको फ्रेन्स लिग वान लिग आजैदेखि सुरु हुँदैछ ।

सिजनको पहिलो खेलमा मध्यराति गत सिजनमा चौथो भएको मार्सेली र १८ औ स्थानमा रहेको टोलोजबीच प्रतिस्पर्धा हुनेछ । यो लिगमा दुई रेइम्स र निम्स बढुवाक्लब भएका छन् । दुई टिम रेलिगेसनमा पर्ने प्रावधानअनुसार गत सिजन ट्रोएज र मेट्ज घटुवा भएका थिए ।

प्रिमियिर लिग र फ्रेन्च लिग वान आजदेखि सुरु हुने भएपनि स्पेनको ला लिगा र इटलीको सिरी ए अर्को सातादेखि र जर्मनको बुण्डेसलिगा भने दुई सातापछि सुरु हुनेछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…