सीपीएलमा सन्दीपको शानदार डेब्यू, पहिलो खेल मै लिए वीकेट

काठमाडौँ । नेपाली युवा स्पिनर सन्दिप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा शानदार डेब्यू गरेका छन् ।

सीपीएल टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट सन्दिपले शुक्रबार बिहान सीपीएलमा डेब्यू गरेका हुन् । सीपीएलका लागि पहिलो बलमै विकेट लिएर आफ्नो डेब्यू अविश्मरणीय बनाएका छन् । समग्रमा सन्दिपले ४ ओभर बलिंग गरी २ विकेट लिए ।

गुयानाको राष्ट्रिय रंगशालामा १ सय ४७ रनको लक्ष पछ्याएको गुयाना अमेजन वारियर्सबिरुद्ध दोस्रो ओभर बलिंग गर्दै सन्दिपले सीपीएल डेब्यू गरेका थिए ।पहिलो बलमै शानदार लेगस्पिनको सदुपयोग गरी गुयाना वारियर्सका भेट्रान ओपनर चाडविक वाल्टनलाई मिडअनको क्षेत्रमा बेन कटिंगको हातबाट क्याच आउट गराए ।

आफ्नो पहिलो ओभरमा विकेटसहित ३ रन खर्चेका सन्दिप छैटौं ओभरमा बलिंग गर्दा विकेट लिन नसके पनि किफायती बलिंग गरे । उनले मात्र एक रन खर्चिएका थिए । पहिलो बलमै विकेट लिएपछि विपक्षी ब्याट्सम्यान उनीप्रति सजग देखिन्थे ।

१७ वर्षीय युवा लेग स्पिनर सन्दिप लामिछानेको यो तेस्रो अन्तराष्ट्रिय फ्रेन्चाइजी लिग हो । यसअघि उनले आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलिसकेका छन् भने क्यामडामा टी­२० प्रतियोगिता खेलेका छन् । आईपीएलमा दिल्लीबाट उत्कृष्ट प्रदर्शन गरेका उनी त्यसलगत्तै विश्व(११ को टोलीमा समेत परेका थिए ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई तिहाई सरकार छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना बढी भइसकेको…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

अमेरिकामा जर्ज वासिङ्गटनले, ‘दुईपटक भन्दा बढी राष्ट्रपति नबनौँ है’ भने, त्यही थिति बस्यो । जुन–जुन देशले थिति बसाउन खोजे र…

काठमाडौं । १३ वर्षीया निर्मला पन्त हत्या अनुसन्धान साघुँरो हुँदै गएको बताएको प्रहरीले शंकास्पद तीन जनाको डिएनए सार्वजनिक गर्ने तयारी…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

काठमाडौं ।  सचिवालय बैठककाे लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का चार शीर्ष नेता शनिबार  प्रधानमन्त्री निवास बालुवाटार पुगे । समयमै पुग्ने नेताहरु…