Nic

गर्भाधानताका नखानुस् यी ९ चीज

प्रतिमा चौधरी

गर्भाधानको बेला महिलाले खानपानमा विशेष ख्याल राख्नु जरूरी छ । किनकी आमाको खानाबाट गर्भमा रहेको बच्चा प्रभावित हुन्छ । त्यसैले गर्भाधानको दौरान डाक्टरले खानपानमा संयमता राख्न सल्लाह दिन्छन् । केही बस्तु यस्ता हुन्छन् जसलाई गर्भाधानको दौरान खान मनाही गरिन्छ । किनकी यो आमासँगै गर्भमा रहेको बच्चाको स्वास्थ्यका लागि खतरनाक हुन सक्छ । आउनुस् हामी चर्चा गरौँ, गर्भाधानका दौरान कुन कुन खानेकुरा खानुहुन्न र किन ?

कैफिनः गर्भाधानका दौरान कैफिन प्रयोग गर्भमा रहेको शिशुका लागि खतरनाक हुनसक्छ । त्यसैले जति हुनसक्छ गर्भाधानका दौरान कैफिनको सेवनबाट बँच्नुपर्छ । यदि तपाईं कैफिनको प्रयोग गर्नु हुन्छ भने दिनभरमा केवल २०० मिलिग्राम गर्नुस् । गर्भाधानको दौरान चक्लेट पनि कम सेवन गर्नुस् किनकी चक्लेटमा पनि कैफिन हुन्छ, जसले महिला र शिशु दुवैको स्वास्थ्यलाई हानी गर्छ ।

अल्कोहलः सबैलाई थाहा छ, अल्कोहल स्वास्थ्यका लागि हानिकारक छ । गर्भाधानमा अल्कोहल सेवन महिलाका साथै गर्भमा रहेको शिशुका लागि अत्यन्त खतरनाक सावित हुनसक्छ । अल्कोहल अत्यधिक सेवनले गर्भपात हुने सम्भावना बढ्छ, साथै बच्चाको विकासमा पनि नकारात्मक असर पुग्छ ।

काँचो अण्डाः गर्भाधानका समय काँचो अण्डा न खाने सल्लाह दिइन्छ । किनकी अण्डामा साल्मोनेला ब्याक्टेरिया हुन्छ, जसका कारण फुड पोइजनिङ हुनसक्छ । गर्भाधानको दौरान महिलाको प्रतिरोधक क्षमता कमजोर हुन्छ । त्यसैले ब्याक्टेरियाका कारण फुड पोइजनिङको शिकार हुन सक्छ । अनि त्यसले गर्भमा रहेको बच्चालाई सीधा प्रभावित गर्छ । गर्भवती महिलालाई यस्ले बान्ता, पखाला, पेट दुख्ने, टाउको दुख्ने, ज्वरो आउने हुन सक्छ ।

साफ्ट बस्तुः गर्भाधानको दौरान सफ्ट बस्तु खानबाट बच्नुस् । किनकी अनपाश्चराइज्ड सफ्ट बस्तुमा लिस्टेरिया हुन्छ जस्ले गर्भमा रहेको शिशुलाई इन्फेक्सन हुने खतरा रहन्छ ।

फ्रोजेन फुडः पोषक तत्वको कुरा गर्दा फ्रोजेन फुड एकदम नराम्रो मानिन्छ । किनकी यसमा भिटामिन सी, भिटामिन बी १, बी २ र भिटामिन ए हुँदैन । फल र तरकारी ताजा खानु नै राम्रो हो । तर यो कुरा पनि महत्व राख्छ कि फ्रोजेन फुडलाई कसरी राखिएको छ । गर्भाधानमा यो फुड पोइजनिङका कारण पनि बन्न सक्छ ।

काँचो सी फुडः गर्भाधानका बेला काँचो र आधा पाकेको सी फुड खानाबाट सकभर बच्नुपर्छ । किनकी सी फुडमा ब्याक्टेरिया पाइन्छ । जसले गर्भमा रहेको शिशुलाई हानी गर्छ ।

मेवाः उसो त मेवा धेरै फाइदाजनक हुन्छ तर गर्भावस्थाका बेला मेवा सेवन खतरनाक साबित हुनसक्छ । मेवा काँचो होस् वा पाकेको, गर्भवती महिला यकिो सेवनबाट बच्नुपर्छ । किनकी गर्भावस्थामा मेवा खानाले मिसक्यारिज यानी गर्भपातको खतरा हुन्छ । मेवामा लेटेक्स हुन्छ । जसले युटेराइन कानटङक्सन शुरू गर्छ, र, गर्भावस्थाका समय भन्दा पहिले नै लेबरपेन शुरू हुन जान्छ र गर्भपात हुनसक्छ ।

सफ्ट ड्रिंक्सः गर्भावस्थामा सफ्ट ड्रिंक्स पिउनबाट बच्नुपर्छ । सफ्ट ड्रिंक्स पिउने महिलाको बच्चालाई कम उमेरमै पाचन र तौलसँग सम्बन्धित समस्या हुनसक्छ । त्यसैले विशेषज्ञले पनि गर्भावस्थामा सफ्ट ड्रिंक नपिउने सल्लाह दिन्छन् ।

प्रोसेस्ड जंक फुडः गर्भवती महिलालाई अन्य महिला भन्दा धेरै न्युट्रिएज्ट्स आवश्यम हुन्छ । तर प्रोसेस्ड जंक फुडमा न्यूट्रिएज्ट्सको मात्रा कम र क्यालोरी धेरै हुन्छ । साथै यसमा सुगर र फ्याट पनि अधिक हुन्छ । गर्भावस्थाको दौरान धेरै सुगरको सेवनले टाइप–२ डायबिटिज र मुटुको बिमारी हुने खतरा पनि अत्यधिक हुन्छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…