Nic

यसरी ढाँट्यो नेपाली सेनाले

–आनन्द गुरुङ
काठमाडौं । बिमस्टेक सम्मेलनक्रममा भारतले संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव राखेपछि नेपाली राजनीतिमा बहसको विषय नै बन्यो । सेना अभ्यासमा सहभागी हुन नहुने भनिएयो । सरकारले पनि सेनापतिसहित २५ अधिकारी सैन्य अभ्यासमा जाने तयारीमा लगाम लगायो । सरकारको निर्देशनपछि सेना ‘ब्याक’ हुनै प¥यो ।

तर भारतको पुनामा सेप्टेम्बर १६ सम्म हुने सेन्य अभ्यासमा तीन नेपाली सेना सहभागी हुन लागेका छन् । पुनामै एड्भान्स तालिममा सहभागी तीन अधिृकत ‘अवलोकनकर्ता’का रुपमा सहभागी हुन लागेका हुन् । देखिने गरी सेनापतिसहितको ठूलो डफ्फा भारत नगए पनि भारतमै भएका अधिकृतको उपस्थितिले सैन्य अभ्यासमा नेपालको सहभागिता नहुने कुरा खण्डन भएको छ । यद्यपि सेनाका प्रवक्ता गोकुल भण्डारीको दाबी छ, ‘हामीले यहाँबाट पठाएका होइनौँ, त्यहीँ भएका अभ्यासमा होइन अवलोकनका लागि सहभागी हुन लागेका छन् ।’

भारतीय सेनाको पत्र र प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावअनुसार बिमस्टेक संयुक्त सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुने तयारीमा सत्तासीन पार्टीभित्रै विरोध भयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले यो राष्ट्रहित विपरीत भएको प्रतिक्रिया दिए । प्रतिपक्षी नेपाली कांग्रेसले पनि सैन्य अभ्यासको खुलेर विरोध गरेको थियो । विवादपछि सरकारले नै संयुक्त सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन दिएपछि सेना भारत नजाने भएको थियो । तर भारतमै भएका अधिकृतलाई सहभागी गराउने कामले सेनाको सहभागिता नहुने कुरामा फेरि विवाद हुने पक्का छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यासको अवधारणा नआउनु तर, भरखरै स्थापित बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त अभ्यासको अवधारणा आएपछि सबैतिर चासो र चर्चाको विषय मात्र बनेन । सैन्य अभ्यासमा नेपाली सहभागी नहुनु नै उचित हुने निष्कर्ष सबैको निस्कियो । पूर्वरथी दमनबहादुर घलेलेसमेत भन्नुभयो, ‘सरकार र सेनाले ढिलै भए पनि उपयुक्त निर्णय लियो, सैन्य अभ्यासमा जानु जरुरी थिए ।’

तर भित्रभित्रै सेनाले तीन अधिकृत किन पठाउन लाग्यो ? ढिलोचाँडो जवाफ दिनै पर्छ । फरक यति हो, प्रधान सेनापतिको डफ्फा पनि त्यहाँ अभ्यास अवलोकनमै जाने हो । तीन अधिकृत पनि सहभागी हुँदा अभ्यासमा नेपालको प्रतिनिधित्व हुने नै हो । यो प्रतिनिधित्व सेनाले गुपचुप राख्नु पर्ने विषय थियो या सरकारकै निर्देशनमा भइरहेको हो ? उत्तर जनताले खोजेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशन आइडी–राष्ट्रिय गान ५ः०२ योग दर्शन ५ः३० तीर्थ पर्यटन ५ः५५ विज्ञापन–प्रोमो ६ः०० जनता समाचार ६ः३० दर्शन दिग्दर्शन ६ः५५…

मेषः व्यवसायमा राहत हुनेछ, काममा स्याबासी पाइनेछ । वृषः यात्रामा कष्ट हुनेछ, धर्ममा मन जानेछ । मिथुनः अवरोधको सिर्जना हुनेछ,…

काठमाडौं । अज्ञात समूहले ललितपुरको नख्खुस्थित एनसेल कार्यालयको गेटमा शक्तिशाली बम बिस्फोट गर्दा घाइते भएकाकाे मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार जनता टेलिभिजनमा आउँदै हुनुहुन्छ । शनिबार बिहान…

काठमाडौं । सिन्धुली फिक्कलका भरत श्रेष्ठ १४ वर्षका भए । ८ कक्षामा अध्ययनरत उनले चिठीमार्फत प्रधानमन्त्रीलाई दिएको सुझाव पढ्दा लाग्छ,…

काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४ सय ४ रुपैयाँ…