सुनकाण्डका आरोपी एसएसपी दिवेश लोहनीलाई तारेखमा छोड्न आदेश

बिराटनगर । उच्च अदालत, बिराटनगरले ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डमा मुछिएका एसएसपी दिवेश लोहनीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको छ ।
न्यायाधीश नागेन्द्रलाभ कर्ण र सारङ्गा सुवेदीको संयुक्त इजलासले शुक्रबार मोरङ जिल्ला अदालतको आदेश उल्ट्याउँदै लोहनीलार्इ थुनामुक्त गर्ने आदेश दिएको हो ।
वैशाख १९ मा पक्राउ परेका लोहनीलाई बयानपछि पक्राउ पूर्जी थमाइएको थियो । लोहनीसहित महाशाखाका डिएसपी प्रजित केसी र सर्इ बालकृष्ण सञ्जेलले सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई बचाउने प्रयास गरेको आरोप लागेको थियो ।