मेष राशि
विपक्षीहरु निष्क्रिय रहलान् । आर्थिक पक्ष बलियो बन्ला । मानसम्मान प्राप्त होला शुभ समाचार सुन्न पाइएला । गरेका काम सफल होलान् ।
वृष राशि
यात्रामा सफलता प्राप्त होला । नसोचेका क्षेत्रबाट लाभ प्राप्त होला । काम केही सफल होला । मान्यजनबाट आशीर्वाद प्राप्त होला ।
मिथुन राशि
पारिवारिक झमेला बढेर जाला । मानसिक चिन्ता पार्ला । गरेका कामहरु सम्पन्न होलान् । आर्थिक आम्दानीका नयाँ बाटा भेटिएलान् । सहयोगीहरूले साथ देलान् ।
कर्कट राशि
संघर्षपूर्ण तरिकाले काम सम्पन्न होला । केहि मात्रामा सहयोग गर्लान् । खर्च केही बढेपनि दिउँसो तिरबाट भने पक्ष्यमा रहला । विशिष्ट व्यक्तिसँग आकस्मिक भेट होला ।
सिंह राशि
मनमा दुविधा रहिरहला । होसियार भएर काम गर्दागर्दै पनि क्षति होला । शरीरमा आलस्यता रहला । धेरै परिश्रम गरेपनि थोरै लाभ भने प्राप्त होला । दिन सामान्य भएर बित्ला ।
कन्या राशि
सहयोगीहरुको प्रशस्तै आउलान् । मनमा हर्ष रहला । नयाँ काम थाल्ने योजना बन्लान् । काममा सहयोग गर्ने विशिष्ट व्यक्तिहरुको आइपुग्दा नयाँ बाटाहरू भेटिएलान् ।
तुला राशि
स्वास्थ्यमा केही समस्या आइपर्ला । धनु मालवस्तुहरु नाश होलान् । आफन्त तथा साथीभाईसँग झैझगडा पर्ला । मनमा चिन्ता होला । शत्रुहरु बढेर जाला । गरेका काम अपूरा होलान् ।
वृश्चिक राशि
परिश्रमपूर्वक गरेको काम सफल होला । प्रशंसकहरू भेटिएलान् । आकस्मिक यात्रा हुनसक्ला । दिनभरको दौडधुप भएपनि साझा पछिभने खुशीको खबर सुनिएला ।
धनु राशि
गरेका काम सिद्ध होलान् । मानसम्मान प्राप्त होला । मनमा उत्साह बढ्ला । आत्मविश्वास बढेर जाला । जोशजाँगर बढ्ला ।
मकर राशि
घरमा पाहुनाको सेवा गर्ने मौका मिल्ला । धन वस्त्र आदि प्राप्त होला । मानसम्मानमा वृद्धि होला । हाँस खेल गरेर समय बित्ला । समय मनोरञ्जनयुक्त होला प्रसन्न मन रहला ।
कुम्भ राशि
धन आम्दानी होला । विरोधीबाट अपमान भने रहनुपर्ला । बेकारको परिश्रम गर्नु पर्ला । दिनको अन्तिममा भने काममा सफलता पाइएला ।
मीन राशि
राज्यपक्षबाट सम्मान मिल्ला । धनमाल लाभ होला । मानसम्मान बृद्धि होला । अधुरा काम सम्पन्न होलान् । मनमा हर्ष होला ।