मेषः नसोचेका ठाउँमा सफलता प्राप्त होला । धनमाल, बस्तुहरु हात लाग्ला । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला ।
वृषः शारीरिक समस्या केही बढ्ला । बादविवादबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिको फन्दामा परिएला ।
मिथुनः अन्न तथा बस्त्र लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुपबाट काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।
कर्कटः पठनपाठनका क्षेत्रमा हानी होला । आफन्तले सहयोग गर्लान् । अशुभ समाचार सुन्नुपर्ला । मनमा दिक्दारी मात्र लाग्ला । धनमाल, बस्तु हानी होला ।
सिंहः अतिथि सेवा गर्ने मौका मिल्ला । धनमाल, बस्तु, अलङ्कार प्राप्त होलान् । स्वादिष्ट भोजन प्राप्त होला । मनमा उत्साह रहला । मनोरञ्जनात्मक क्षेत्रमा खर्च होला ।
कन्याः स्वास्थ्यमा केही समस्या देखिएला । धनमाल, बस्तुमा हानी होला । नजिकका व्यक्तिसँग मनमुटाव हुनसक्ला । मानसिक चिन्ता पर्ला । अपमान सहनु पर्ला ।
तुलाः प्रशासनिक क्षेत्रमा कर्मले साथ नदेला । विशिष्ट काममा भाग्यले पनि साथ नदेला । घरपरिवारका सदस्यबाट धोका होला । दुःखपूर्ण तरिकाले काम सम्पन्न होला । ठाउँ परिवर्तन गर्नु पर्ला ।
वृश्चिकः विशिष्ट व्यक्तिबाट सुख प्राप्त होला । मनमा शान्ति मिल्ला । आर्थिक पक्ष मजबुत बन्ला । मनमा उत्साह बढ्ला । थालेका काम सफल होलान् ।
धनुः नयाँ इष्टमित्रसँग भेट होला । महत्वपूर्ण कार्य सम्पन्न होला । मनमा उत्साह बढ्ला । व्यापार तथा व्यवसायबाट प्रगति होला । सुख प्राप्त होला ।
मकरः आर्थिक संकट सामना गर्नुपर्ला । रोगले सताउला । चिन्ता बढ्ला । विरोधीले काममा बाधा गर्लान् । धन नाश हुनाले मनमा चिन्ता पर्ला । कष्टकर यात्रा गर्नु पर्ला ।
कुम्भः गरेका काम बिग्रेर मानसिक तनाव सहनु पर्ला । यात्रामा बाधा आउला । अन्तरिक शक्ति निस्तेज होला । स्वास्थ्यमा समस्या देखिएला । पारिवारिक स्वास्थ्यको विषयमा खर्च होला ।
मीनः विरोधीहरु कमजोर होलान् । मित्रहरूबाट सुख तथा सहयोग प्राप्त होला । उद्योग व्यवसाय गर्न जाँगर वृद्धि होला । धनमाल प्राप्त होला । मनमा हर्ष होला । नसोचेको काम बन्ला ।