धमला पत्नी एलिजा कस्तो पकाउँछिन् खाना ? (भिडियोसहित)

काठमाडौं । चलचित्र अनुरागबाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका एलिजा गौतमको चर्चा विभिन्न कारणले हुँदै आएको छ । होम प्रोडक्सनको चलचित्र अनुराग निर्माण घोषणासँगै विभिन्न गसिपको शिकार बनेकी एलिजा आफ्नो डेब्यु चलचित्रबाट पाएको प्रशंसाले उत्साहित छिन् । सानैदेखि कलाकारितामा केही गर्ने सपना देख्दै आएकी एलिजा चर्चित पत्रकार ऋषि धमलासँग विवाहपछि श्रीमानको नामले यस क्षेत्रमा अगाडि आउन सहज भएको सत्यता सहर्ष स्वीकार गर्न हिच्किचाउँदिनन् ।

दुई सन्तानकी आमा भइसकेपछि पनि आफ्नो सपना र क्षमता मर्न नदिई त्यसलाई मूर्तरुप दिन अझै धेरै काम गर्न बाँकी रहेको समेत बताएकी छिन् । जनता टेलिभिजनको कार्यक्रम सेलिब्रेटी किचनमा कुराकानी गर्दै नायिका एलिजाले नेपाली दर्शकले आफूलाई दिएको मायाप्रति आभारी समेत रहेको बताएकी छिन् । कार्यक्रम सेलिब्रेटी किचनमा उनले परिवारको लागि सधैँ आफूले बनाउने गरेको एक परिकारसमेत बनाएकी थिइन् । भिडियो हेर्नुस्:

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…