गाउँभरि भाइरलको प्रकोप

लोकेन्द्र प्रसाद जोशी

दार्चुला । नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डमुण्डुमा गाउँभरी मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा बृद्धबद्धाहरु भाइरलले प्रभावित बनेका छन् ।

नौगाड २ मा रहेको केदारेश्वर मावि सुण्डुमुण्डु विद्यालयमा अध्ययनरत साढे ३ सय विद्यार्थीमध्ये आधाभन्दा बढिमा भाइरल देखिएको छ । भाइरलकै कारण विद्यार्थीहरुको नियमित पठन पाठनमा समस्या भएपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक प्रेमसिह ठगुन्नाले जानकारी दिनुभयो ।

दशैँ विदा असोज २४ गते देखि गर्नुपर्ने भएपनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ ।  भाइरल प्रभावित विद्यालय र गाउँमा सामुदायिक स्वास्थ्य एकाई सुण्डमुण्डुबाट स्वास्थ्यकर्मीको टोली परिचालित भएर शुक्रबारदेखी नै औषधी बितरण गरीरहेको छ ।

मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाई तथा नीजि मेडिकलहरुमा विरामीको भीड लाग्ने गरेको छ । विरामीहरुलाई तातो पानीको प्रयोग, व्यक्तिगत तथा बाह्य सरसफाई तथा मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…