मुलुकबाट मौसमी वायु बाहिरियो

तीनदिनबाट मुलुकभर चिसो बढ्याे

आनन्द गुरुङ

सामान्यतयाः नेपालमा अक्टोबर २३ बाट मौसमी वायु बाहिरिन्छ । गत वर्ष १७ अक्टोबरमै मौसमी वायु बाहिरिएको थियो । यो वर्ष भने १२ दिन अघि नै मुलुकबाट मौसमी वायु बाहिरिँदा चिसो ह्वात्तै बढेको छ ।

यस वर्षको मनसुन शुक्रबारदेखि नेपालबाट बाहिरिएको छ । मनसुन बाहिरिएसँगै देशभर चिसो बढेको छ । पश्चिमी वायुको चाप बढेपछि न्युनतम र अधिकतम तापक्रम घट्दा चिसो बढेको हो । आइतबारबाट उपत्यकालगायत मुलुकको तापमान क्रमशः शुन्य दशमल ५ डिग्रीले घट्दै गएको छ ।

आइतबार दिउँसो मुलुकको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षा भएको थियो । मुलुकभर पश्चिमी वायुको चापका कारण मौसमी वायु कमजोर बन्दै गएको तर भूसतहमा मौसमी वायुको अवशेष रहेकाले स्थानीय तापक्रमको प्रभावले जलीय वाष्प उत्पन्न भई हल्का र खण्डवृष्टि भए पनि ठूलो र भारी वर्षा नहुने मौसमविद्को भनाइ छ ।

सोमबार दिउँसोदेखि मुलुकको पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी र मध्य पहाडी भेगमा सोमबार अपराह्नपछि मेघ गर्जनसहित एक–दुई स्थानमा हल्का वर्षा सम्भावना छ भने सोमबार राति पूर्वी र पश्चिम भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…