मरेँ भनेर कसले फालिदेला लाश ? (फोटोफिचर)

आशीषबहादुर सिंह

बझाङ । छोराछोरी न आफन्त । एकल महिलाको बास त्रिपाल र प्लाष्टिकका टुक्रा अनि चाउचाउ र बिस्कुटका कार्टुनले बेरबार पारेको टहरामा । ओढ्ने ओच्छ्याउने पनि चाउचाउ र विस्कुटका कार्टुनको सहारा लिनु पर्ने बाध्यता । एक छाकका लागि गाउँ डुल्नु पर्ने बाध्यता । कसैले काम दिए एक छाक खान पाइने आसा । नत्र भोकभोकै । त्रिपालमुनि बासमा के दशैँ, के चाडपर्व ? अर्थात् केदारस्य गाउँपालिका–९ झोता बजारमा बस्दै आएकी बिस्ना बादीको दैनन्दिनी ।


गाउँगाउँमा सिंहदरबार भने पनि बिस्नाका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै छ ।  थलारा गाउँपालिका खोली माइत भएकी बिस्नाको यो वर्षौँ पुरानो नियति हो । सानै उमेरमा आमाबुबा बित्नु भयो । बुंगल नगरपालिकामा बसोबास गर्ने टीका वादीको जिम्मा लगाइदिए आफन्तले । विवाह गरेको केही महिना नबित्दै श्रीमानको निधन भयो । आफन्तले अलच्छिनी भन्दै घर निकाला गरिदिए । माइत घर जाउँ भने आफन्त छैनन् । अनि त्रिपालको झुपडीमुनि ओतिएको छ बिस्नाको जिन्दगी ।

पराल, ससाना चाउचाउ, बिस्कुटका कार्टुन र प्वालै प्वाल भएको पाल टाँगेर बनाइएको झुपडीलाई पक्की घर सम्झदै १२ वर्षदेखि बिस्नाको जिन्दगी बितिरहेछ । बिहान बेलुकाको छाक टार्न गाउँमा माग्दै हिँड्नु पर्छ । ‘एक सरो कपडा फेर्ने, मीठो खाने मन त हुन्छ नि तर मन भएर के गर्नु, धन छैन,’ बिस्नाले भनिन्, ‘मनका चाहना मनभित्रै लुकाएर राख्नु पर्छ ।’

फोटो खिचेर लैजान्छन्
उद्धार गरिदिन्छु भन्दै धेरैले फोटो र झुपडीको फोटो खिचेर लगेको सुनाउँछिन् बिस्ना । ‘तपाइईं जस्ता धेरै आए फोटा खिच्ने,’ बिस्नाले भनिन्, ‘दुःखबारे सोधपुछ गर्छन्, अनि जान्छन्, सहयोग गर्ने कोही हुँदैनन् ।’ ५७ वर्ष पुग्न लागेकी बिस्नाले भनिन्, ‘अब त काम गर्न नसक्ने अवस्थामा पुग्दैछु, थलिएर मरेँ भने कसले फाल्ला मेरो लाश ?’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…