प्रदर्शनअघि नै ‘छक्का पञ्जा ३’को रकेर्ड

संयोग नेपाल
काठमाडौं । हास्ँयकलाकारहरुको टीमले बनाएको पाचौँ चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिनबाट प्रदर्शन हुदैँछ । आफ्नो चलचित्र कसरी प्रचार गर्नुपर्छ भनी जानेको टीम यतिबेला प्रचारप्रसारको अन्तिम चरणमा छ । भोलीबाट प्रदर्शन हुदैँ गरेको चलचित्रको अग्रिम टिकट बुकिङ सोमबार अर्थात हिजोबाट खुलेको हो । चलचित्रले अग्रिम बुकिङमा पाएको शो र टिकट बुकिङको रफ्तार देख्दा चलचित्रले बम्पर ब्यापार गर्ने निश्चित छ ।

हरेक चलचित्रबाट एक न एक रेकर्ड बनाउँदै आएको ‘छक्का पञ्जा’ को तेश्रो सिरिज ‘छक्का पञ्जा ३’ले पनि प्रदर्शन अघि नै रेकर्ड बनाएको छ । चलचित्रको पहिलो गीत ‘पहिलो नम्बरमा’ सर्वाधिक छोटो समयमा १ करोड युट्युब भ्युज पाउने पहिलो गीत बन्यो । यस्तै अहिले चलचित्रले मल्टिप्लेक्समा पाएको शो संख्याले पनि रेकर्ड कायम गरेको छ ।

सर्वाधिक शोः
नेपाली चलचित्रको इतिहासमा आजसम्म पनि कुनैपनि चलचित्रले यति धेरै शो संख्या नपाएको दीपकको दाबी छ । ‘अहिलेको शो संख्या नेपाली चलचित्रले पाएको सबैभन्दा धेरै शो हो’ दीपकले भने, ‘टिकट बुकिङको रफ्तार पनि बढीरहेको छ ।’ भोलीदेखि देशब्यापी रुपमा प्रदर्शन हुन लागेको चलचित्र १ सय ४५ भन्दा बढी हलहरुमा प्रदर्शन हुने दीपक बताउँछन् । चलचित्रलाई क्युएफएक्समा मात्र ३० शो दिएको छ । यस्तै राजधानी र राजधानी बाहिरका अन्य क्युएफएक्सहरुमा पनि शोले सर्वाधिक शो पाएको छ ।

कथाबस्तुः
चलचित्र ‘छक्का पञ्जा ३’ नेपालको शैक्षिक अवस्थाको कथामा बनाईएको हो । चलचित्रमा कमेडीसँगै कन्टेन्टलाई पनि ध्यान दिईएको दीपकको भनाई छ । ‘हाम्रो यसअघिका चलचित्रहरुमा १० प्रतिशत कन्टेन्ट र ९० प्रतिशत कमेडी हुन्थ्यो ।’ दीपक थप्छन्, ‘तर यो चलचित्रमा ५० प्रतिशत कमेडी र बाँकी ५० प्रतिशत कन्टेन्ट छ ।’

चलचित्रको ट्रेलर तथा पोस्टरमा कलाकारहरु दीपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे र बुद्धि तामाङ कहिले विद्यार्थी त कहिले शिक्षकको भेषमा देखिएका छन् भने नायिका दीपिका प्रसाइँ शिक्षिकाको भुमिकामा देखिएको अनुमान लगाउन सकिन्छ । यस्तै देशका सामुदायिक विद्यालयमा पढाईको स्तरको पनि चलचित्रले हाँस्यशैलीमा हाँस्यशैलीमा उदाङ्गो पार्ने धेरैको अनुमान छ ।

प्रचारप्रसारः
प्रचारप्रसारलाई तीव्रता दिईरहेको चलत्रिचले आजबाट भने प्रचारलाई तुलनात्मक रुपममा कम पारेको छ । यसअघि आक्रामक प्रचारप्रसार गरेको चलचित्रको प्रचारप्रसारको काम सकिएको निर्मातामध्येका एक दीपक राज गिरी बताउँछन् । ‘हामीले जे–जति गर्नु थियो गरिसक्यौँ ।’ दीपक भन्छन्, ‘अब चलचित्र दर्शकसामु गइसकेको छ ।’ दर्शकहरु पनि चलचित्र हेर्न आतुर भएको दीपकको आशा छ ।

आमा सरस्वती मुभिज र आइएमइको ब्यानरम बनेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे र जितु नेपाल कार्यकारी निर्माता रहेको चलचित्रलाई सुमन गिरी ‘भाञ्जा’, शिवहरि पौडेल, किरण केसी, ताराचन्द्र बजगाइँ ‘निशान’, पुरुषोत्तम प्रधान, दीपेन्द्र खनियाँ र केशब न्यौपानेले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत र ट्रेलरलाई पनि दर्शकहरुले खुब रुचाएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…