एउटा भेडा–च्याङ्ग्राको मूल्य कति ?

अनु आचार्य
रसुवा । नेपाल र चीनबिच संचालनमा रहेको एक मात्र व्यापारीक नाका रसुवागढीबाट भेडा च्याङग्रा आयात सुरु भएको छ । नेपालीहरुको महान चाड वडादशै नजिकिएसँगै रसुवागढी नाका हुदै भेडा च्याङग्रा भित्रन सुरु भएको हो । चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याइएको करिब तिन सय भेडा, च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको छ ।

गत वर्षको तुलनामा यो वर्ष आयात बढ्ने व्यापारीले बताएका छन् । गत बर्ष यो नाका हुदै ५५ वटा मात्र भेडा च्याङग्रा नेपाल भित्रिएका थिए । प्रति भेडा २३ हजारदेखि २६ हजारसम्म मूल्य पर्ने व्यापारी को भनाई छ । गत वर्ष भन्दा यो बर्षभंन्सार महशुल बढेकाले करिव ४ हजारले मूल्य बढेको उनको भनाई छ । गत बर्ष २३ हजार सम्म पर्ने गरेकोमा यस बर्ष २७ हजार पर्र्ने ब्यापारीको भनाई छ ।

दशैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडाच्याग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ।चीनको तिब्बतस्थित ल्हासामा भेडाच्याग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीहरुले बताएका छन् ।

२०७० सालमा २ सय २ वटा, २०७१ सालमा १ सय ८०, २०७३ सालमा २ सय ५० वटा र २०७४ सालमा ५५ वटा भेडाच्याङ्ग्रा रसुवागढी नाका हुदै नेपाल आयात भएको थियो । २०७० सालअघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा च्याङ्ग्रा आयात हुने गरेको व्यापारीहरुले बताएका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…