झारफुक प्रकरणः ओमबाबा कारागार चलान

पुष्पराज अधिकारी
हेटौंडा । जिल्ला अदालत मकवानपुरले हेटौंडा–१४ स्थित ओम आरोग्य आश्रमका ओम प्रकाश श्रेष्ठ ओमबाबालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश दिएको छ । उनका सहयोगी विनय भेटवाललाई भने अदालतले एकलाख रुपैयाँ धरौटी माग गरेको छ । जिल्ला न्यायधीश षडानन्द तिवारीको इजलाशले आज भएको थुनछेक बहसपछि यस्तो आदेश गरेको हो । हेटौंडा ११ नवलपुरकी सावीत्री पुडासैनीको झारफुकका क्रममा असोज १ गते मृत्यु भएको भएको थियो ।

मृतक महिलाका पति काशीराम पुडासैनीले ओमबाबा लाई इलाज सम्बन्धि कसुरमा जाहेरी दिएका थिए । जाहेीका आधारमा पक्राउ परेका ओमबाबालाई अनुसन्धानका लागि ६ दिन र ८ दिन गरी दु्ईपटक प्रहरीले आदालतमार्फत म्याद थप गरी हिरासतमा राखेको थियो । मँगलबार अदालतको आदेशपछि ओमबाबालाई भिमफेदी कारागार पठाईएको छ । भने उनका सहयोगी विनय भेटवाल धरौटी रकम बुझाएर छुटेका छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…