दशैँको शुभकामनासँग अर्को एउटा खुशी

काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले नेपालीको महान पर्व बडादशैँको आरम्भमा विश्वभर रहेका नेपाली समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।

अध्यक्ष पौडेलले असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने बडादशैँ सबै नेपालीको घर आँगनमा हर्ष र उमंगका रुपमा प्रस्तुत हुन सकोस् भनी शुभकामना व्यक्त गर्नु भएको हो ।

अशल पुस्तक प्रकाशन गृहबाट आरम्भ भएको जनता प्रसारण तथा प्रकाशन लिमिटेड प्रकाशन गृहका अलावा सामुदायिक अवधारणाको जनता टेलिभिजन र लोकप्रिय न्युजपोर्टल को जननी संस्था हो । अध्यक्ष पौडेलले दर्शक, स्रोता, पाठक, शुभेच्छुक, शेयर सदस्य, कर्मचारी र समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्नु भएको छ ।

दशैँमा रेडियो
अध्यक्ष पौडेलले बडादशैँको खुशीसँगै आफ्ना स्रोता, दर्शक, पाठक, शुभेच्छुकमा अर्को एउटा खुशी पनि थपिएको बताउनु भएको छ । ‘पुस्तक प्रकाशन, टेलिभिजन, www.janatasamachar.com पछि हामी रेडियो सञ्चालन आरम्भ गर्दछौँ,’ अध्यक्ष पौडेलले भन्नुभएको छ, ‘हामी व्यवस्थित र सफल सञ्चारगृहका रुपमा उपस्थिति जनाउँदैछौँ र केहीदिनभित्रै रेडियो जनता ८९.१ मेघाहर्ज सञ्चालनमा ल्याउँदैछौँ ।’ अध्यक्ष पौडेलले भन्नु भएको छ, ‘पुस्तक प्रकाशन, टेलिभिजन प्रसारण, अनलाइनसँगै डिजिटल संस्करण जस्तै रेडियो जनता ८९.१ मेघाहर्जले पनि उस्तै माया पाउने अपेक्षा गर्नु भएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…