चौपायाको अनुगमन शुरु

काठमाडौं । दशैैंलक्षित खसी, बोका, भेडा च्याङ्ग्रा बजारमा भाेलीदेखि पशु चिकित्सकसहितको टोली परिचालन हुने भएको छ ।

दशैँलाई लक्षितगरी काठमाडौंमा बिक्री हुने अखाद्य मासु पहिचान गरेर बिक्री नियन्त्रण गर्न टोली खटिने भएको हो । मंगलबार महानगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको कार्यकक्षमा सम्पन्न बैठकले व्यवसायीसहितको टोलीले सुधारका काम गर्ने र नियमनकारी निकायको टोलीले अनुगमन गर्ने निर्णय गरेको हो ।

चौपायाको स्वास्थ्य परीक्षणका लागि १ जना पशु चिकित्सकका साथमा नेपाल प्रहरी, महानगर प्रहरी, जनस्वास्थ्य महाशाखा, ट्राफिक प्रहरीको टोली खटिने छ । टोलीले बिक्रीका लागि ल्याइएका चौपायाको स्वास्थ्य परीक्षण गरी चौपाय निरोगी भए सिङमा हरियो चिन्ह र रोगी भए रातो चिन्ह लगाउनेछ । उपभोक्ताले चौपाया खरिद गर्दा सिङमा हरियो रङ्ग लगाइएका खसी, बोका, भेडा च्याङ्ग्रा खरिद गर्न महानगरले उपभोक्तालाई आग्रह गरेको छ ।

यसवर्ष महानगरका ४ स्थानमा चौपाया बजार राखिने महानगरपालिकाका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए । गतवर्ष दशै अवधिमा सञ्चालन भएका बजारमध्ये यस वर्ष तीनकुनेमा बिक्री वितरण नगरिने महानगरपालिकाले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…