आठ घण्टामा वामदेव गौतमको फेसबुकमै आठसय गाली

काठमाडौं । काठमाडौं–७ बाट निर्वाचित सांसद रामवीर मानन्धरले राजीनामा दिएको घोषणा गरेपछि मंगलबार राति ११ बजे वामदेव गौतमले आफ्नो फेसबुकमा लेखेका छन्ः

नतमस्तक छु कमरेड रामवीर मानन्धर ,
तपाईंले आज पत्रकार सम्मेलन गरेर जुन अभिव्यक्ति दिनुभयो, त्यो विचारले मेरो कद अझ उचो बनाएको छ ।

संगठनका लागि हामी दुवै सिपाही हौँ । भोलिका दिनमा संगठनले मलाई दिने भूमिका र तपाईंले गरेको त्यागप्रति आँच आउन दिने छैन । पार्टीको गरिमा उचो राख्न र तपाईंले मप्रति देखाउनुभएको विश्वास कायम राख्न कुनै कसर बाँकी राख्ने छैन । पार्टीले हामीलाई भूमिका र जिम्मेवारी जे जस्तो दिए पनि जनताको काममा सधैँ सँगै रहनेछौँ ।

वामदेव गौतमको यो स्ट्याटस पढेर बिहान ८ बजेसम्ममा ८ सयको हाराहारीमा कमेन्ट आएका छन् । अधिकांश कमेन्टमा गौतमले पुनर्विचार गर्नु पर्ने सुझाव दिइएको छ । यो स्ट्याटस १ सय ७४ शेयर भएको छ । गौतमको फ्यान पेजमा ९१ हजार फलोअर छन् ।

यसअघि बर्दियाबाट निर्वाचन हारेपछि गौतमले यस्तो विज्ञप्ति जारी गरेका थिएः
निरन्तरको संघर्ष र बलिदानपछि नेपाली जनताले समाजवादाउन्मुख लोकतान्त्रिक गणतन्त्रको संवैधानिक प्रत्याभुती प्राप्त गरेका छन् । २०७२ सालमा नयांँ राजनीतिक व्यवस्थाको रुपमा यसलाई संविधानभित्र समेटिएको छ र त्यसको कार्यान्वयनकै प्रकृयामा अगाडि बढ्दै हामीले स्थानीय निर्वाचन, संघीय प्रतिनिधिसभा र प्रदेशसभाको समेत निर्वाचन सम्पन्न गरिसकेका छौं । देशभित्रैबाट र संसारका कतिपय प्रभुत्ववादी एवं साम्राज्यवादी शक्तिले नेपाली जनताले प्राप्त गरेको यो महत्वपूर्ण उपलब्धिलाई बीचैमा निमोठ्ने र असफल बनाउने दुश्प्रयासहरु गरेता पनि नेपाली जनताको एकताले त्यस्ता प्रयासलाई सहजै निस्तेज बनाइदिएका छन् । हामी पूर्णरुपमा सफलताका खुड्किला चढ्दै अगाडी बढिरहेका छौं । वर्तमान प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले आगामी दिनमा लोकतान्त्रिक अभ्यासमार्फत् देशलाई विकास र समृद्धिको पथमा अगाडी बढाउन ढोका खुलेको छ ।

म वाम गठबन्धनको एउटा प्रमख सूत्राधारको हैसियतले गठबन्धनले प्राप्त गरेको यो अपार सफलताबाट ज्यादै हर्षित छु । म व्यक्तिगत रुपमा पराजित हुन परे पनि मेरो पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले मलाई आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध भएको छैन । जनताले वाम गठबन्धनप्रति देखाएको यो अगाध प्यार र विश्वासले मलाई अत्यन्त उत्साहित बनाएको अनुभूति भइरहेको छ । यो गठबन्धन क्रमशः पार्टी एकतामा रुपान्तरण हुँदै समाजवाद निर्माणको महत्वपूर्ण अध्यायमा मुलुक प्रवेश गर्ने कुरामा म विश्वस्त छु । यस विषयमा आफूले प्रस्तुत गर्नुपर्ने भूमिका र जिम्मेवारीमा म सधैँ, उत्तिकै र अझ उर्जाका साथ लागि पर्ने विश्वास पनि दिलाउन चाहन्छु । एउटा कम्युनिष्ट पार्टीको जिम्मेवार नेताको हैसियतले आगामी दिनमा सामाजिक न्याय, समानाता र समुन्नतीको लागि मैले गर्नसक्ने धेरै काममा मेरो उत्साहपूर्ण सहभागिता रहनेछ र राष्ट्र, राष्ट्रियता र जनताको हितमा मेरा पाइला सदैव अग्रगामी बनिरहनेछन् भन्ने विश्वास पनि सबै शुभचिन्तक एवं सर्वसाधारण जनतामा दिलाउन चाहन्छु । बर्दिया क्षेत्र नम्बर १ का मतदाता एवं सम्पर्ण जनता, जसले मलाई मत दिनुहुने तथा मप्रति सद्भाव राख्ने सम्पूर्ण जिल्लावासी बुवा, आमा, दाजुभाई तथा दिदी बहिनीप्रति म आभार व्यक्त गर्दै उहाँहरुको इच्छा, आकांक्षा तथा विकासका कैयन आवश्यकता परिपूर्ती गर्नमा मेरो निरन्तर प्रयत्न भइरहनेछ । म सदैव तपाईंहरुको प्रतिनिधिकै रुपमा क्रियाशील भइरहनेछु भन्ने विश्वास दिलाउन चाहन्छु ।

आगामी दिनमा वाम गठबन्धनले प्राप्त गरेको यो अपार विजयले हामी सबैको काँधमा धेरै जिम्मेवारी र चुनौती थपिदिएको मैले महसुस गरेको छु । नेपाली जनताले वाम गठबन्धनप्रति देखाएको यो अतुलनीय विश्वासलाई रत्तिभर पनि निराश हुन नदिने गरी सबै चुनौतीको सामना गर्न मेरो पार्टीका सहयोद्धा कमरेडहरु र समग्र बाम गठबन्धनका सहयात्री कमरेडसँग काँधमा काँध मिलाई अगाडि बढिरहनेछु भन्ने प्रतिवद्धता पनि व्यक्त गर्न चाहन्छु ।

अन्त्यमा, यो जनविश्वासलाई बाम गठबन्धन वा कम्युनिष्टहरुको पक्षमा दीगो बनाई रहनका लागि र शदियौँसम्म नेपाल राष्ट्रको पुँजीको रुपमा यसलाई बचाइरहन सबैतिरबाट आवश्यक सहयोगको अपेक्षा पनि गर्दछु ।

वामदेव गौतम
उपाध्यक्ष
नेकपा (एमाले), केन्द्रीय कमिटी
अध्यक्ष, अखिल नेपाल किसान महासंघ
मितिः २०७४ मंसिर २४

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…