‘मासु सबै राम्रो छ भन्दिन’

काठमाडौं । सरकारले परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दसैं, तिहार जस्ता चाडपर्वमा परीक्षण गरेर मात्रै मासु खरिद गर्न सर्वसाधारणलाई आह्वान गर्नु भएको हो । बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहाँले कालिमाटी फलफूल तथा तरकारी बजार कालिमाटीबाट हटाउने घोषणा पनि गर्नु भयो ।

उहाँले अदालतको आदेशका कारण कालीमाटी फलफूल तथा तरकारी बजार सुधार कार्यक्रम अघि बढाउन नसकिएको स्पष्ट पार्दै अव त्यसलाई त्यहाँबाट हटाउने योजना अघि सार्नु भएको हो । मन्त्री खनालले सो तरकारी बजारको विकल्प दिने गरी बल्खु वरपरको जग्गाको व्यवस्था गर्न लागिएको पनि जानकारी दिनु भयो ।

मन्त्री खनालले हेटौडामा रहेको कपडा उद्योगलाई संचालन गर्न बर्दियामा कपास खेती र बुटवलमा धागो उद्योग संचालन गर्ने पनि बताउनु भयो । उहाँले वीरगंजमा जीर्ण अवस्थामा रहेको कृषि औंजार कारखानाको उचित व्यवस्थापनका लागि अध्ययन गर्न समिति गठन गर्ने पनि स्पष्ट पार्नु भयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…