पुराना गाडी, यात्रामा सास्ती

काठमाडौं। त्रिशूलीका रामकृष्ण तामाङ १८ असोजमा मनाङबाट काठमाडौं आए । उनी काडमाडौं आउँदा नौबिसेदेखि सुरु भएको जाम कलंकीसम्म थियो । ट्राफिक प्रहरी बल्लतल्ल जाम खोल्न सफल भयो ।

गोरखाकी सीता ढकाल काम विशेषले धादिङ गएकी थिइन् । उनलाई काठमाडौं फर्कन घण्टौं लाग्यो । तामाङ र ढकाल मात्रै होइन, यतिबेला थानकोट हुँदै उपत्यकाबाहिर जाने र भित्रिने यात्रुहरूले घण्टौं जामको सास्ती बेहोर्नुपरेको छ । पृथ्वी राजमार्गको यो सडकखण्डमा हरेक दिन जाम पर्ने भए पनि दशैँ, तिहारलगायतका चाडपर्वमा अझै जामको सामना गर्नुपरेको छ, सर्वसाधारणले । सो सडकखण्डमा बढी जाम भए पनि सरकारले त्यसको दीर्घकालीन विकल्प दिन सकिरहेको छैन । तर तत्काल समस्या समाधान गर्न भने प्रयास गरेको देखिन्छ ।

दैनिक ६ सयभन्दा बढी सवारी ओहोरदोहोर गर्ने राजमार्गमा जामको यस्तो अवस्था छ कि एम्बुलेन्ससमेत छिर्न नपाउँदा केही दिनअघि चितवनकी एक युवतीको मृत्यु भयो ।

ठूला सवारी प्रतिबन्ध
सरकारले दसैं यात्रालाई सहज बनाउन नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला मालबाहक साधनलाई प्रतिबन्ध लगाएको छ । सरकारले दसैंलाई लक्षित गर्दै त्यस्ता मालवाहक साधनहरू काठमाडौं आउन रोक लगाउने भएको हो । दसैं, तिहार तथा छठलगायतका चाडपर्वमा काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या अत्यधिक हुने भएकाले २४ असोज (घटस्थापना)देखि ३१ असोजसम्म नारायणघाट–काठमाडौं सडकखण्डमा ठूला सवारीमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेपछि प्रालि निकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ

यात्रु सहायता कक्ष
दसैंमा आआफ्ना गन्तव्यतर्फ जाने यात्रुका लागि उपत्यकाका विभिन्न १३ स्थानमा यात्रु सहायता कक्ष पनि सञ्चालन गरिएका छन् । उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो तथा बल्खुलगायतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालित छन् । ती सहायता कक्षहरूले बाटोमा अलपत्र परेका यात्रुलाई सहयोग गर्ने, सवारीसाधनले बढी भाडा लिए भाडा फिर्ता लागि पहल गर्नुका साथै त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने तथा दसैं यात्रालाई सहज बनाउन सहजीकरण गर्नेछन् ।

रूट परमिट खुला
सरकारले दसैंका बेला यात्रु सहज रूपमा आवतजावत गर्न देशैभरि रूट परमिट खुला गरेको छ । विभागका अनुसार देशैभरि लागू हुने गरी सार्वजनिक यातायातलाई रूट परमिट खुला भएको छ । गत १८ असोजमा दैनिक रूपमा चल्ने सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ सकिएको छ । यस्तो अवस्थामा अप्ठेरो परेका यात्रुलाई ओसार्न सक्नेगरी विभागले रूट परमिट खुला गरेकोे हो । विभागले काठमाडौंबाहिर जाने यात्रुका लागि टिकट नपाए पनि उपत्यकाभित्र चल्ने सवारीसाधनले ती यात्रुलाई आफ्नो गन्तव्यसम्म पु¥याउन सक्नेछन् । विभागका अनुसार उपत्यकाभित्रका सार्वजनिक सवारी उपत्यकाबाहिर जान पाउनेछन् ।

बढी भाडामा कारबाही
सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुसँग बढी भाडा असुल्नेलाई कारबाही गरिने विभागले जनाएको छ । सरकारले तोकेभन्दा बढी भाडा लिए गाडी नम्बरसहित उजुरी गर्न विभागले भनेको छ ।
सरकारले ७ असोजमा सार्वजनिक यातायातको १० प्रतिशत भाडा वृद्धि गरेको थियो । सो भाडाभन्दा बढी भाडा दिनेलाई कडा कारबाही गरिने विभागको भनाइ छ । विभागका अनुसार काठमाडौं उपत्यकामा चार किमिसम्मको भाडा १४ रूपैयाँ, पाँच किमिसम्म १६, ६ किमिसम्म १७, आठ किमिसम्म १८, १९ किमिसम्म २६ र १९ किमिभन्दामाथि २७ रुपैयाँ भाडा निर्धारण गरिएको छ । यो छोटो दूरीको नयाँ भाडादर हो ।

लामो दूरीको यात्रामा पनि दशैँको फाइदा उठाउँदै बढी भाडा दिनेलाई कारबाही गरिने विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा बढी भाडा लिएको पाइएमा कानुनबमोजिम कारबाही हुनेछ । विभागका सूचना अधिकारी उपाध्यायका अनुसार परिचालकले टिकट नदिए सवारी नम्बरसहित विभागको फ्याक्स नम्बरसहित ४४७४९२२, फोन नम्बर ४४७९६९० मा उजुरी गर्न सकिनेछ । त्यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्री नम्बर ११११ फोन सम्पर्क र सन्देश पठाएर पनि उजुरी गर्न सकिने विभागले जनाएको छ । विभागका अनुसार ७७ वटै जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा ट्राफिक प्रहरी कार्यालयमा समेत उजुरी गर्न सकिने विभागले जनाएको छ ।

प्रहरीको टोल फ्री नम्बर १०१ र १०३ मा पनि बढी भाडा लिएको, दसैंमा अग्रिम टिकट बुकिङमा कालोबजारी, बढी भाडा लिएको आदि गुनासाको उजुरी मौखिक वा लिखित रूपमा गर्न सकिनेछ ।

नयाँ सवारी छैनन्
सरकार तथा यातायात व्यवसायी कसैले पनि यसपटक नयाँ सवारीसाधन नथप्ने भएका छन् । पुरानै सवारीले पुग्ने भएकाले नयाँ सवारी नथपिने विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले बताए । यस वर्ष हरेक टिकट काउन्टरमा पनि सहज रूपले टिकट बुकिङ भएकाले पनि नयाँ गाडी थप्ने योजना नभएको उपाध्याले राजधानीलाई बताए ।

सरकारले गत १८ चैतमा यातायात क्षेत्रमा लामो समयदेखि रहेको सिन्डिकेट खारेज गरेको र प्रालिनिकट सवारीहरू थपिएपछि यात्रा सहज हुने दाबी गर्दै थप सवारी नथप्ने विभागले जनाएको छ ।

त्यस्तै, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले व्यवसायीले नयाँ गाडी नथप्ने बताए । सरकारले व्यवसायीलाई धेरै दुःख दिएको स्मरण गर्दै नयाँ गाडी नथपेको बताए । राजधानी दैनिकबाट । फाइल तस्बिर । 

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…