जेलमा रहेकासँग होला त वार्ता ?

काठमाडौं । जनतान्त्रिक तराई मुक्ति मोर्चा (मनोज मुक्ति) समूहले ंसरकारसँग वार्ताका लागि जेलमा रहेका आस्थाका बन्दीकै नाम सरकारलाई पठाएको छ ।

डा. मनोजकुमार झाले सरकारको वार्ता टोलीलाई पत्र लेख्दै सुनसरीको झुम्का कारागारमा रहेका रञ्जितकुमार झा (राजन मुक्ति)लाई पत्र लेखेको पाइएकाले वार्तामा पनि राजन मुक्तिकै टोली पठाउने निर्णय गरिएको बताउनु भयो ।
सरकारलाई लेखिएको टोलीमा राजन मुक्तिका अलावा सप्तरी कारागारमा रहेका लक्ष्मण यादव (प्रवेश मुक्ति), जलेश्वर कारागारमा रहेका निरञ्जन चौधरी (लालरञ्जन मुक्ति), भीमफेदी कारागारमा रहेका सुनीलकुमार अधिकारी (शशि मुक्ति) र झुम्का कारागारमै रहेका दीपककुमार सिंह (अजय मुक्ति)लाई टोलीमा राखिएको बताइएको छ ।

अप्ठेरोमा सरकार
सरकारले बनाएको अधिकार सम्पन्न वार्ता टोलीले शुरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष डा. मनोज मुक्तिसँग वार्ता गरेको थियो । वान टु वान र फोन वार्ता सकारात्मक मोडमा गइरहेको थियो । तर टोलीले दोस्रो पत्र मनोज मुक्तिका नाममा नपठाइ झुम्का कारागारमा रहेको राजन मुक्ति (मनोजका भाइ)लाई पठाएपछि जनतान्त्रिक तराई मुक्ति मोर्चाले विभिन्न कारागारमै रहेको आस्थाका बन्दीलाई वार्ता टोलीमा राखेको हो ।

यो पनि पढ्नुहोस्ः

मनोज मुक्तिका नजरमा सिके, गोइत, उपेन्द्र र राजपा नेताहरु

मनोज मुक्तिका नजरमा सिके, गोइत, उपेन्द्र र राजपा नेताहरु

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…

कोरिया । टेलिभिजन समाचार पढिरहेको सयममा यहाँका एकजना समाचारबाचकले धेरैलाई चकित पारेका छन् । एक साता अघि कोरियन टेलिभिजन च्यानल…