आज लोडसेडिङ हुने

काठमाडौं । कलङ्की–नागढुङ्गा सडकखण्डमा आज दिनभर लोडसेडिङ हुने भएको छ । विद्युत् प्राधिकरणले सडक विस्तारको लागि लोडसेडिङ हुने जनाएको छ ।

प्राधिकरणले त्यस क्षेत्रमा बिहान १० देखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने जानकारी गराएको छ । प्राधिकरणका अनुसार ढुङ्गेअड्डादेखि तीनथाना बसपार्कसम्म प्रसारण लाइन सार्नुपर्ने तथा व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । स्युचाटार सबस्टेसनबाट सञ्चालित बलम्बु फिडरबाट आपूर्ति हुने क्षेत्रमा विद्युत् काटिनेछ ।

विद्युत कटौतीबाट तीनथाना, नैकाप, सतुङ्गललगायत क्षेत्र प्रभावित हुनेछन् । सडक निर्माण गर्ने ठेकेदारलाई अविलम्ब कार्य सम्पन्न गर्ने दबाब बढेपछि पछिल्लो समयमा २४ घण्टा नै सडक विस्तारका काम भइरहेकाले प्राधिकरणले विद्युत् प्रवाह कटौती गरेको हो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

नेपाली कांग्रेसका साथीहरुले जहिले पनि बिपीबिपी मात्र भन्नुहुन्छ । तर बिपीले के भन्नु भएको थियो ? धेरै नेतालाई थाहै छैन्…

काठमाडौं । आर्थिक वर्षका लागि १ करोड १३ लाख रुपैयाँ भ्रमण खर्च विनियोजन गरेको प्रधानमन्त्री कार्यालयले चार महिनामै ७२ लाख…

जनता टेलिभिजनमा आज प्रसारण हुने कार्यक्रम तालिका यस्तो छः Janata Television Live Youtube Streaming

मेष राशिः गरेका काम असफल होलान् । शोक तथा चिन्ता पर्ला । वृष राशिः परिवारमा विवाद पर्ला । स्वास्थ्यसम्बन्धी समस्याले…

लक्ष्मी काफ्ले झापा । राजनीतिक दलका नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका…

विद्यानन्द राम राजविराज । तराईमा सशस्त्र संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी ) अविनाश समूहका संयोजकलगायत केन्द्रीय सदस्यले बुधबार सरकारसमक्ष…